नेपाली

चिङ सिङमा भएको लडाइँ सम्बन्धी कथा-1

criPublished: 2022-02-16 17:07:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ईसा पूर्व 206मा चीनको इतिहासमा पहिलो एकीकृत शक्तिशाली सामन्त देश मानिएको छिन साम्राज्यको पतन भयो। त्यसबाट चीनको इतिहास एउटा नयाँ अध्यायको शुरुवात भयो। त्यसबेला सि छु पा राजा स्याङ यू तथा हान राजा लिउ पाङको छुट्टा-छुट्टै नेतृत्वमा दुईवटा नयाँ सैनिक गूट बन्नपुगे। ती दुइ पक्षले सम्पूर्ण देशको शासन अधिकार आफ्नो हातमा लिनका लागि चीनको इतिहासमा चर्चित "छु--हान युद्ध" शुरु गरे। पाँच वर्षसम्म जारीरहेको त्यस युद्धमा हान राजाका समर्थक महारथी हान सिङले सैनिक सञ्चालनको कुशलता देखाएका थिए। "चिङ सिङमा भएको लडाइँ" भनेको उनले युद्धमा विजय हासिल गरेको एक ज्वलन्त उदाहरण हो।

ईसा पूर्व 204 को अक्टोबरमा हान सिङले हान पक्षका नयाँ भर्ना भएका दश हजार जति सैनिकहरु लिएर थाइ हाङ पहाड पार गरी स्याङ यूको अधीनमा रहेको चाओ राज्यमाथि आक्रमण गरे। चाओ राज्यका राजा से तथा चाओ राज्यको सेनाका कमाण्डर छन यूले हान सिङसित निर्णायक संघर्ष गर्नका लागि थाइ हाङ पहाडको साँगुरो खोंच अर्थात् चिङ सिङ (आजको ह पै प्रान्तको चिङ सिङदेखि पूर्व) मा दुइ लाख सैनिक तैनाथ गरेका थिए।

हान पक्षका सेनाले चाओ पक्षका सेनामाथि धावा बोल्नका लागि चिङ सिङ खोंच पार गरेर जानुपर्छ। त्यहाँको भौगोलिक स्थिति अति विकट थियो। त्यहाँबाट पार गर्नका लागि 50 किलोमिटर जति लामो साँगुरो गोरेटो मात्र थियो। रक्षाका लागि अनुकुल र आक्रमणका लागि प्रतिकुल त्यस ठाउँमा ठूलो सैनिक कार्बाही चलाउनु उपयुक्त थिएन। त्यस बेला चाओ राज्यका सेना पहिले नै त्यहाँका अग्लो ठाउँमा कब्जा जमाएर आरामसँग कुरिरहेको थियो। त्यसका जवानहरुको संख्या पनि अधिक भएकाले त्यो पूर्णतः हात माथि पर्ने अवस्थामा थियो। उता हाँक दिन आइरहेको हान सिङको सेनामा करिब दश हजार जवानहरु मात्र थिए, साथै टाढाबाट आएको र सैनिक तथा घोडा पनि साह्रै थकित भएको हुनाले त्यो प्रतिकूल अवस्थामा थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn