चिनियाँ खोपद्वारा जिम्बाब्वेको पर्यटनको पुनरुत्थानमा ठूलो मद्दत दिइएको
भिक्टोरिया झरना जाम्बेजी नदीमा पर्दछ। जहाजद्वारा जाम्बेजी नदीको अवलोकन पनि शहरको लोकप्रिय पर्यटकीय परियोजनाहरूमध्येको एक हो। पाँच वर्षअघि ओस्कर एन्डरोभुले एक जहाज कम्पनी खोलेका थिए। महामारीअघि उनको कम्पनीका जहाजले प्रतिदिन तीन खेपका पर्यटकको स्वागत गर्ने गर्दथ्यो। त्यस अवधिमा ४० वटा सिट रहेको जहाजमा कुनै पनि सिट खाली रहँदैन थियो। तर कोरोना भाइरस महामारीपछि एन्डरोभुको जहाजमा कुनै पर्यटक थिएन। उनको जीवन पनि कठिन अवस्थामा रहेको छ। उनी भन्छन् “महामारी भएपछि पर्यटकले अर्डर पत्र रद्द गरे। मेरो कम्पनीले केही पनि कमाएन। मेरो कम्पनीमा १२ जना कर्मचारी कार्रत् थिए। तर कम्पनीको लागत बढी भएका कारण हाल कम्पनीमा २ जना मात्रै कर्मचारी छन्। सबैभन्दा कठिन अवस्थामा कम्पनी संचालनका लागि मैले मेरो गाडी विक्री गरेँ।”
एन्डरोभुजस्ता स्थानीय मानिसहरू सबैभन्दा कठिन अवस्थामा रहेको बेलामा चीन सरकारले जिम्बाब्वेलाई सहयोगको पहिलो खेप खोप सन् २०२१ फेब्रुअरीमा सुचारु रुपमा वितरण गरेको थियो। चिनियाँ खोपले जिम्बाब्वे र झरना शहरका जनतालाई मद्दत दिएको छ। शहरका गभर्नर सोमभेली डहलामिनीले शहरका वासिन्दाहरूले गत मार्च महिनादेखि चिनियाँ खोप लगाएको बताउनुभयो। सन् २०२१ अप्रिलको अन्त्यसम्म ४५ हजार जना वासिन्दा रहेको उक्त शहर जिम्बाब्वेमा खोप लगाउने लक्ष्य सबैभन्दा पहिले पूरा गर्ने शहर बनेको थियो।