नेपाली

चिनियाँ खोपद्वारा जिम्बाब्वेको पर्यटनको पुनरुत्थानमा ठूलो मद्दत दिइएको

criPublished: 2022-01-07 09:51:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कोरोना भाइरस महामारी विश्वमा फैलिएको अवस्थामा खोप जीवन जोगाउने आशा बनेको छ। सन् २०२१ फेब्रुअरी महिनादेखि चीनले विश्व स्वास्थ्य संगठनको माग अनुसार “कोरोना भाइरस खोपको कार्यान्वयन योजना” लाई खोप उपलब्ध गराउने थालेको थियो। चिनियाँ खोप अन्तर्राष्ट्रिय समाज खास गरी विकासोन्मुख मुलुकको आवश्यकता अनुसार प्रयोग गरिएको छ। सन् २०२१ मा चीनले १२० वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोजभन्दा बढी खोप उपलब्ध गराएको थियो, जुन विश्वको पहिलो स्थानमा रहेको थियो।

सन् २०२१ फेब्रुअरीमा चीनको सहयोगमा पहिलो खेपको कोरोना भाइरस खोप जिम्बाब्वेमा पठाइएको थियो। जिम्बाब्वे सबैभन्दा पहिले खोप लगाउने अफ्रिकी मुलुकहरूमध्येको एक बनेको थियो। चिनियाँ खोपको मद्दतमा जिम्बाब्वेको प्रसिद्ध पर्यटकीय पवित्र स्थल भिक्टोरिया फल्स शहरले छोटो दुई महिनामा नै खोप लगाउने लक्ष्यलाई पूरा गरेको थियो। त्यहाँको पर्यटन व्यवसायले पनि पुनरुत्थान अवस्थाको स्वागत गरेको थियो।

जिम्बाब्वेको उत्तर-पश्चिमी सीमावर्ती क्षेत्रको भिक्टोरिया फल्स शहरमा विश्वका सबैभन्दा अद्भुत तीन वटा झरनामध्येको एक अर्थात् भिक्टोरिया झरना पर्दछ। हरेक वर्ष यो शहरले विश्वको विभिन्न क्षेत्रका पर्यटकहरू भित्र्याउने गर्दछ। भिक्टोरिया शहरको पर्यटन व्यवसायको आम्दानीले जिम्बाब्वेको पर्यटन व्यवसायको आम्दानीको आधा भाग ओगटेको छ। तर २०२० मार्च महिनामा जिम्बाब्वेको यो शहरमा कोरोना भाइरसको पहिलो संक्रमण पत्ता लगाइएपछि एक वर्षसम्म पर्यटन बजार बन्द भएको थियो। नाकाबन्दी गरिएको थियो। हवाई उडान बन्द रह्यो। होटेलहरूमा पर्यटक थिएन। भिक्टोरिया शहरका ९० प्रतिशतका परिवारका सदस्य स्थानीय पर्यटन व्यवसायमा संलग्न भएका कारण महामारीबाट हरेक परिवारको जीवनमा असर परेको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn