पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्य पूरा
हालै चीनको राज्य परिषदले प्रेस सम्मेलनको आयोजना गरेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति र चाङ च्या खौ तथा यान छिङ प्रतियोगिता स्थलका सम्बन्धित व्यक्तिहरुले सो प्रेस सम्मेलनमा २०२२ हिउँदे ओलम्पिक खेलकुद र पारा हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यबारे जानकारी दिनुभएको छ। आजको कार्यक्रममा यस विषय सम्बन्धी एउटा विवरण सुन्नुहोस्।
सन् २०२२ हिउँदे ओलम्पिक खेलकुद र पारा हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्य हाल आधारभूत रुपमा पूरा भएको छ। ध्यानाकर्षणमा रहेको महामारी प्रतिरोध सम्बन्धी नीतिबारे पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति र अन्तर्राष्ट्रिय ओलम्पिक समितिले महामारी प्रतिरोध सम्बन्धी पहिलो संस्करणको पुस्तिका सार्वजनिक गरेको छ। यसै महिनामा दोस्रो संस्करणको पुस्तिका सार्वजनिक गरिने छ। हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको प्रेस विभागका प्रमुख चाउ वै तुङले कोरोना भाइरसबाट परिणत ओमिक्रोनको सम्बन्धित अवस्था र त्यसले हिउँदे ओलम्पिक खेलकुदमा पार्नसक्ने प्रभावलाई संयोजन समितिले उच्च महत्व दिएको जानकारी दिँदै भन्नुहुन्छ,
पुस्तिकामा समावेश गरिएको कदमको वैज्ञानिक मूल्याँकन गरिएको छ, विशेष गरी हालै आयोजित परीक्षण प्रतियोगितामा यी कदमहरुमाथि जाँच गरिएको छ। जसबाट सुरक्षाको निश्चिता र महामारी फैलावटको प्रतिरोध क्षेत्रमा यी कदमहरु प्रभावकारी रहेको प्रमाणित भएको छ। महामारी प्रतिरोध सफल नभएमा ओलम्पिक खेलकुद पनि सफल हुँदैन। त्यसैले हामीले महामारीको प्रतिरोध र नियन्त्रणलाई प्राथमिकता दिएका छौँ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद र पारा हिउँदे ओलम्पिक खेलकुदको अवधिमा हामीले अनेकन् कदम चालेर प्रतियोगितामा भाग लिने खेलाडीहरु र आयोजक शहरका जनताको स्वास्थ्यको प्रत्याभूति दिने छौँ।