नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्य पूरा

criPublished: 2021-12-20 15:26:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै चीनको राज्य परिषदले प्रेस सम्मेलनको आयोजना गरेको छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति र चाङ च्या खौ तथा यान छिङ प्रतियोगिता स्थलका सम्बन्धित व्यक्तिहरुले सो प्रेस सम्मेलनमा २०२२ हिउँदे ओलम्पिक खेलकुद र पारा हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यबारे जानकारी दिनुभएको छ। आजको कार्यक्रममा यस विषय सम्बन्धी एउटा विवरण सुन्नुहोस्।

सन् २०२२ हिउँदे ओलम्पिक खेलकुद र पारा हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्य हाल आधारभूत रुपमा पूरा भएको छ। ध्यानाकर्षणमा रहेको महामारी प्रतिरोध सम्बन्धी नीतिबारे पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति र अन्तर्राष्ट्रिय ओलम्पिक समितिले महामारी प्रतिरोध सम्बन्धी पहिलो संस्करणको पुस्तिका सार्वजनिक गरेको छ। यसै महिनामा दोस्रो संस्करणको पुस्तिका सार्वजनिक गरिने छ। हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको प्रेस विभागका प्रमुख चाउ वै तुङले कोरोना भाइरसबाट परिणत ओमिक्रोनको सम्बन्धित अवस्था र त्यसले हिउँदे ओलम्पिक खेलकुदमा पार्नसक्ने प्रभावलाई संयोजन समितिले उच्च महत्व दिएको जानकारी दिँदै भन्नुहुन्छ,

पुस्तिकामा समावेश गरिएको कदमको वैज्ञानिक मूल्याँकन गरिएको छ, विशेष गरी हालै आयोजित परीक्षण प्रतियोगितामा यी कदमहरुमाथि जाँच गरिएको छ। जसबाट सुरक्षाको निश्चिता र महामारी फैलावटको प्रतिरोध क्षेत्रमा यी कदमहरु प्रभावकारी रहेको प्रमाणित भएको छ। महामारी प्रतिरोध सफल नभएमा ओलम्पिक खेलकुद पनि सफल हुँदैन। त्यसैले हामीले महामारीको प्रतिरोध र नियन्त्रणलाई प्राथमिकता दिएका छौँ। पैचिङ हिउँदे ओलम्पिक खेलकुद र पारा हिउँदे ओलम्पिक खेलकुदको अवधिमा हामीले अनेकन् कदम चालेर प्रतियोगितामा भाग लिने खेलाडीहरु र आयोजक शहरका जनताको स्वास्थ्यको प्रत्याभूति दिने छौँ।

दर्शकहरु पनि महामारीको प्रतिरोधका लागि एउटा महत्वपूर्ण विषय हो। अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय पारा ओलम्पिक समिति र पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिले विदेशबाट आउने दर्शकहरुलाई अस्वीकार गर्ने निर्णय गरेका छन्। चीनमा बसोबास गर्ने दर्शकहरुबारे चर्चा गर्दै चाउ वै तुङ भन्नुहुन्छ,

चीनमा बस्ने दर्शकहरुले पालना गर्नुपर्ने नियम र उनीहरुका लागि टिकट दिने संख्याबारे हामीले सोचविचार गरिरहेका छौं। हामीले अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्तर्राष्ट्रि पारा ओलम्पिक समितिसँग घनिष्ठ आदान-प्रदान गरिरहेका छौँ। हामीले महामारीको स्थिति बुझेर दर्शक र टिकटको संख्याको व्यवस्थापन गर्ने छौँ।

अन्तर्राष्ट्रिय नियम बमोजिम हिउँदे ओलम्पिक खेलकुदको हिउँ खेलमा प्रशस्त हिउँको उत्पादन गर्न आवश्यक छ। परीक्षण प्रतियोगितामा दुईटा प्रतियोगिता स्थल यान छिङ र चाङ च्या खौले पानीको संचय, धेरै पटकको प्रयोग र वैज्ञानिक ढंगले किफायत लगायतका पक्षमा राम्रो उपलब्धि हासिल गरेको छ। यसबाट प्रतियोगिता स्थलले हिउँदे ओलम्पिक खेलकुदको अवधिमा आवश्यक मांग पूरा गर्नुका साथै पर्यावरणीय वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ।

यान छिङ जिल्लाका प्रमुख यु पोका अनुसार, यान छिङमा प्राकृतिक रुपमा धेरै मात्रामा हिउँ परेको छ। प्रतियोगिता स्थलमा अवस्थित अग्लो पहाड स्की केन्द्रमा गत नोभेम्बरमा औपचारिक रुपमा हिउँ उत्पादन गरिएको छ, आगामी वर्षको जनवरी महिनामा हिउँ उत्पादन पूरा हुने अनुमान छ।

चाङ च्या खौ शहरका मेयर चाउ वन फङले प्रतियोगिता स्थलमा अवस्थित युन तिङ र कु याङ शु दुई वटा रंगशालामा पानी किफायत हुने हिउँ उत्पादन गर्ने उपकरणको उपयोग गरिएको जानकारी दिनुभयो।

पैचिङ पारा हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्य पनि अघि बढ्दै छ। हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको पारा ओलम्पिक खेलकुद विभागका प्रमुख याङ चिन ख्वैले पैचिङ पारा हिउँदे ओलम्पिक खेलकुदले चीनमा विकलाङ्ग तथा शारीरिक अशक्त भएकाहरूको समग्र वृत्ति विकासलाई अघि बढाउने बताउनुभयो।

Share this story on

Messenger Pinterest LinkedIn