एक हजार वटा “चिनियाँ इनार”बाट जिम्बाब्वेका चार लाख सर्वसाधारण लाभान्वित
कमजोर आधारभूत प्रबन्ध, रकमको अभावआदि कारक-तत्वहरूबाट प्रभाव परेका कारण दक्षिणी अफ्रिकाको जिम्बाब्वेका धेरै क्षेत्रहरू खास गरी ग्रामीण क्षेत्रहरुमा स्वच्छ खाने पानी र जीवनमा प्रयोग गरिने पानीको अभाव छ। जसबाट संक्रामक रोग प्रायःदेखापर्छ। सन् २०१२देखि हालसम्म चीन सरकारले रकम लगाई जिम्बाब्वेका लागि एक हजार वटा इनार निर्माण गरेको छ। ती इनारहरूले जिम्बाब्वेका ग्रामीण क्षेत्रहरूमा पानीको अभावलाई शिथिल पारेका छन्। “चिनियाँ इनार”बाट जिम्बाब्वेका चार लाख जना सर्वसाधारणको जीवन परिवर्तन भएको र साथै दुई मुलुकको मित्रताको प्रतीक बनेको छ।
सन् २०१२देखि हालसम्म चीन सरकारले जिम्बाब्वेका दश वटा प्रान्तमध्येका छ वटा प्रान्तका लागि एक हजार वटा इनारको निर्माणमा लगानी गरेको छ। ती इनारहरू ग्रामीण क्षेत्र, विद्यालय, अस्पतालमा निर्माण गरिएको छ। जिम्बाब्वेका चार लाख सर्वसाधारण लाभान्वित भए।
लुमेने गाउँ जिम्बाब्वेको दक्षिण माटाबेलेलेन्ड प्रान्तमा पर्दछ। भौगोलिक अवस्था र सुक्खा हावापानीका प्रभाव परेका कारण त्यहाँ लामो समयमा पानीको अभाव थियो। चालू वर्ष अगष्ट महिनामा चीन सरकारको सहयोगमा त्यो गाउँमा इनारको निर्माण गरियो। त्यो गाउँका तीन सय जना सर्वसाधारण र वरिपरीका हजारौं जना सर्वसाधारणले पानी पाएका थिए।
चालू वर्ष ४९ वर्षीय वासिन्दा नोनटोकोजो न्गुलुबेले पत्रकारसँग कुराकानी गर्दै चिनियाँ इनार आउनुअघि प्रतिदिन दुई वा तीन घण्टासम्म पानी खोज्न जानुपरेको तर चीनले निर्माण गर्न सहयोग गरेको इनारले पानी खोज्ने समयको किफायत गर्नुका साथै उनको जीवन परिवर्तन गरेको छ। उनी भन्छिन् “मेरो परिवारको पानी ममाथि निर्भर थियो। चिनियाँ इनारको निर्माण भएपछि मैले पानी खोज्न टाढा ठाउँ जानुपर्दैन। चिनियाँ इनार मेरो गाउँमा छ। वासिन्दाले पानी लिन निकै सुविधाजनक छ। चिनियाँ इनारले हाम्रो लागि समयको किफायत गर्छ। पर्याप्त पानी भएपछि मैले तरकारी बगैंचामा तरकारी रोप्न थालेँ।”