नेपाली

सन् २०२१ ब्रिक्स मुलुकहरुको अनुशासन विषयक गोष्ठी आयोजित

criPublished: 2021-12-13 14:57:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२१ ब्रिक्स मुलुकहरुको अनुशासन विषयक गोष्ठी नोभेम्बर २ तारिख पैचिङमा आयोजना भएको छ। चीन, भारत, ब्राजिल,रुस र दक्षिण अफ्रिका लगायत पाँच ब्रिक्स मुलुकका १५० प्रतिनिधिहरुले “एकमत प्राप्त गरौं, विश्वासलाई सुदृढ पारौं, साझा भाग्य सम्बन्धी सहयोगलाई अघि बढाऔं” विषयक अनलाइन र अफलाइन तरिकाबारे देशको सुशासन सम्बन्धी अनुभवबारे छलफल गर्नुभएको छ।

चालू वर्ष ब्रिक्स मुलुकहरुको सहयोगात्मक व्यवस्था गठन भएको १५औं वर्ष हो। प्राप्त तथ्याँक अनुसार, हाल ब्रिक्स मुलुकहरुको जनसंख्याले विश्वको ४२ प्रतिशत भाग ओगटको छ भने गार्हस्थ उत्पादन मात्रा विश्वको २४ प्रतिशत रहेको छ। ब्रिक्स मुलुकहरुको व्यापार मात्रा विश्वको १७ प्रतिशत रहेको छ भने विदेशी लगानी भित्र्याउने मात्रा विश्वको २५ प्रतिशत रहेको छ।

भारतका लागि चिनियाँ राजदूत सुन वै तुङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै ब्रिक्स मुलुकहरुको सहयोगात्मक व्यवस्था गठन भएको १५ वर्षयता त्यो सबैभन्दा व्यापक क्षेत्र ढाकिने अन्तर्राष्ट्रिय सहयोगात्मक व्यवस्थामध्येको एक बनिसकेको बताउनुभयो। ब्रिक्स मुलुकहरु विकासको बराबर अवधिमा रहेका छन् र तिनीहरुको सामू देखा परेको जोखिम पनि बराबर छ। कसरी अरु छिटो र राम्रो विकास हुनु उनीहरुले सामना गर्ने समान विषय हो। अनुशासनबारे बढी आदान-प्रदान गर्नु ब्रिक्स मुलुकहरुकालागि भावि बाटो हिँड्न तथा अरु ठूलो विकास गर्न अर्थपूर्ण रहेको छ। सुन वै तुङ भन्नुहुन्छ,

ब्रिक्स मुलुकहरु बीचको सहयोगमा किन तिव्र विकास भएको छ? निर्णायक कुरा सहयोग गर्ने उपाय फेला पारिएको छ। जुन आपसी सम्मान, आपसी सहयोग र हातमा हात मिलाएर स्वदेशको स्थितिसँग अनुकूल रहेको विकासको बाटोमा हिँड्नु हो। हामीले खुलापन र समावेशीलाई निरन्तरता दिँदै राजनीतिक, आर्थिक तथा मानवीय सहयोगलाई अघि बढाएर अन्तर्राष्ट्रिय न्याय र निष्पक्षतालाई पछ्याउँदै अरु नवोदित बजारयुक्त मुलुकहरु र विकासोन्मुख मुलुकहरुसँगै मिलेर राम्रो बाह्य वातावरण तयार गरेका छौं।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn