नेपाली

#अल्पसंख्यक जाति# यी जातिको नयाँ वर्ष

criPublished: 2021-11-16 11:14:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ सछ्वान प्रान्तीय ल्याङ शान यी जातीय प्रिफेक्चरका लागि नोभेम्बर २० तारिख विशेष दिन हो। किनकि त्यस दिन चिनियाँ पात्रोअनुसार दशौं महिनाको १६ औं दिन अर्थात् यी जातिको नयाँ वर्ष हो। आजको अल्पसंख्यक जाति कार्यक्रममा यी जातीय नयाँ वर्षको बारेमा जानकारी दिनचाहन्छु।

ल्याङ शान क्षेत्रमा यी जातीय नयाँ वर्ष यी जातिका लागि सबैभन्दा महत्वपूर्ण पर्व हो। यो पर्व सामान्यतया प्रत्येक वर्ष नोभेम्बरको मध्यमा मनाइने गर्छ। यो पर्व खगोलीय पात्रो बुझ्ने स्थानीय सम्मानित व्यक्तिद्वारा गणना गरी निर्धारण गरिन्छ।

यी जातिको नयाँ वर्ष तीन दिनसम्म मनाउने गरिन्छ। त्यसबेला भर्खरै बाली भित्र्याएर पर्व मनाउने फुर्सद पनि हुने गर्छ। पहिलो दिनलाई खुशीको पर्व भनिन्छ। त्यस दिनको विहान सबेरै हरेक परिवार उठ्नुपर्छ। परिवारका पुरूषले पुर्खाको मेमोरियल ट्याब्लेट सफा गरेर पुर्खालाई सम्मान तथा पूजाआजा गर्ने टेबलवेयर धुनेर कुखुरा मार्छन्। महिलाहरूले व्यस्त रूपमा अनाजको केक बनाउँछन्। त्यसपछि उनीहरूले कुखुराको टाउको तथा खुट्टा र तीनवटा अनाजको केकद्वारा पुर्खाको पूजा गर्छन्। साथै यी जातीयहरूले सुँगुरको मासुसँग मीठो भोजन गर्ने चलन छ।

दोस्रो र तेस्रो दिनको विहान र राति फेरि पुर्खालाई पूजा-आजा गर्नुपर्छ। त्यसबाहेक मान्छेहरू शुभकामनाको गीत गाउँदै बाहिर घुम्ने गर्छन्। तीनदिनपछि यी जातीयहरू घर फर्केर नयाँ वर्ष मनाएर पुर्खासँग विदा माग्ने गर्छन्। त्यसबेला उनीहरूले फेरि मीठा खाना तयार गर्दछन्। चौथो दिनदेखि विवाह भएका छोरीहरूले नयाँ जातीय पोशाक लगाएर उपहार सहित श्रीमान तथा बच्चासँगै बुवा-आमाको घर फर्कने गर्छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn