#अल्पसंख्यक जाति# यी जातिको नयाँ वर्ष
चिनियाँ सछ्वान प्रान्तीय ल्याङ शान यी जातीय प्रिफेक्चरका लागि नोभेम्बर २० तारिख विशेष दिन हो। किनकि त्यस दिन चिनियाँ पात्रोअनुसार दशौं महिनाको १६ औं दिन अर्थात् यी जातिको नयाँ वर्ष हो। आजको अल्पसंख्यक जाति कार्यक्रममा यी जातीय नयाँ वर्षको बारेमा जानकारी दिनचाहन्छु।
ल्याङ शान क्षेत्रमा यी जातीय नयाँ वर्ष यी जातिका लागि सबैभन्दा महत्वपूर्ण पर्व हो। यो पर्व सामान्यतया प्रत्येक वर्ष नोभेम्बरको मध्यमा मनाइने गर्छ। यो पर्व खगोलीय पात्रो बुझ्ने स्थानीय सम्मानित व्यक्तिद्वारा गणना गरी निर्धारण गरिन्छ।
यी जातिको नयाँ वर्ष तीन दिनसम्म मनाउने गरिन्छ। त्यसबेला भर्खरै बाली भित्र्याएर पर्व मनाउने फुर्सद पनि हुने गर्छ। पहिलो दिनलाई खुशीको पर्व भनिन्छ। त्यस दिनको विहान सबेरै हरेक परिवार उठ्नुपर्छ। परिवारका पुरूषले पुर्खाको मेमोरियल ट्याब्लेट सफा गरेर पुर्खालाई सम्मान तथा पूजाआजा गर्ने टेबलवेयर धुनेर कुखुरा मार्छन्। महिलाहरूले व्यस्त रूपमा अनाजको केक बनाउँछन्। त्यसपछि उनीहरूले कुखुराको टाउको तथा खुट्टा र तीनवटा अनाजको केकद्वारा पुर्खाको पूजा गर्छन्। साथै यी जातीयहरूले सुँगुरको मासुसँग मीठो भोजन गर्ने चलन छ।
दोस्रो र तेस्रो दिनको विहान र राति फेरि पुर्खालाई पूजा-आजा गर्नुपर्छ। त्यसबाहेक मान्छेहरू शुभकामनाको गीत गाउँदै बाहिर घुम्ने गर्छन्। तीनदिनपछि यी जातीयहरू घर फर्केर नयाँ वर्ष मनाएर पुर्खासँग विदा माग्ने गर्छन्। त्यसबेला उनीहरूले फेरि मीठा खाना तयार गर्दछन्। चौथो दिनदेखि विवाह भएका छोरीहरूले नयाँ जातीय पोशाक लगाएर उपहार सहित श्रीमान तथा बच्चासँगै बुवा-आमाको घर फर्कने गर्छन्।
नम्बर ५६३८ विस्तार रेल स छ्वान प्रान्तीय ल्याङ शान क्षेत्रमा विशेष रेल हो। यो रेल पहाडी क्षेत्रमा बस्ने सर्वसाधारण आवत-जावत गर्ने महत्वपूर्ण मञ्च हो। चीनमा रेलको गति बढ्नेको अवसरमा स्थानीय सर्वसाधारणलाई सुविधा दिन उक्त रेलले विस्तर गति कायम राखेको छ। पूरै रेल लाइन ३५३ किलोमिटरको हुनुका साथै यसमा २६ स्टेशन छन्। सुरूबाट अन्त्यसम्म रेलको टिकट १२.५ युआन मात्र हो। बीस वर्षमा उक्त रेलको टिकटको मूल्य बढेको छैन।
नोभेम्बर ७ तारिखदेखि छङतु-खुनमिङ रेलद्वारा बाहिर सामान किन्ने यी जातीय सर्वसाधारणको संख्या बढ्दै जाने गर्छ। युनह्वा स्टेशनका प्रमुख श्वौ चौनको जानकारीअनुसार, सो अवसरमा हरेक दिन रेल चढ्ने यात्रुको संख्या सामान्यभन्दा २/३ गुणा बढ्ने गर्छ। नयाँ वर्षका लागि यी जातीयहरूले कुखुरा, हाँस र विविध मिठाइ किन मन पराउँछन्। यी जातीय सर्वसाधारणको आवत-जावतलाई सुरक्षित तथा सुविधाजनक बनाउनका लागि रेल स्टेशनले धेरै तयारी कार्य गरेको छ। उदाहरणका लागि कोभिड-१९ महामारीको प्रतिरोध गर्न रेकर्ड स्थापना गरेको छ। यात्रुहरूले धेरै सामान किनेको अवस्थाबमोजिम रेल स्टेशनले यात्रुहरूलाई निर्धारित समयअघि सामानहरू स्टेशनमा राख्न स्वीकृति दिने गरेको छ। जसरी स्टेशनमा रेल चढ्ने समय कम पार्नुका साथै अझ सुरक्षित हुने गर्छ।
दिउँसो २ बजेर ५१ मिनेट नम्बर ५६३४ रेल विस्तर युनह्वा स्टेशन पुग्दैछ। स्थानीय सर्वसाधारणले मेलाबाट किनेका विविध किसिमका सामान लिएर खुशीयाली रूपमा रेलद्वारा घर पर्कने गर्छन्।