नेपाली

हङकङद्वारा ग्लोबल लगानीकर्ता अझ बढी विकासका अवसर सिर्जना गर्ने

criPublished: 2021-09-30 10:35:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले २७ तारिख 《हङकङको वाणिज्य वातावरण प्रतिवेदन》सार्वजनिक गर्दै विस्तृत तथ्याङ्कले अराजकताबाट सुशासनसम्म परिवर्तन भएपछि देखिएको असल वाणिज्य वातावरण र उज्यालो विकास भविष्य देखापरेको जनाएको छ। जसले अमेरिकाको चीन विरुद्ध शक्तिलाई जोडदार खण्डन गर्नुका साथै ग्लोबल लगानीकर्तालाई आकर्षण गरेको छ।

हङकङ मातृभूमिमा फर्केदेखि यता यो पहिलो वाणिज्य वातावरण सम्बन्धी प्रतिवेदन हो। “विशेष श्रेष्ठता र असीमित अवसर”भन्ने मुख्य शीर्षकले हङकङको वाणिज्य वातावरण र शक्तिलाई सटिक सारांश गरेको छ। श्रृंखलावद्ध आर्थिक तथ्याङ्कबाट प्रमाणित छ:सन्२०२१सम्म यसअघिको १२ महिनामा हङकङको नयाँ सेयरमा संकलन भएको रकम पाँच खर्ब हङकङ डलरभन्दा बढी छ भने गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढेको छ। बैंकिङ् प्रणालीमा कुल बचत १५खर्बभन्दा बढी हङकङ डलर छ भने सोही अवधिको तुलनामा ८ प्रतिशतले बढेको छ। यस वर्षको पूर्वार्धमा हङकङको अर्थतन्त्र ७.८ प्रतिशतले सुधार भएको छ। बेरोजगारी दर ७.४बाट ४.७ सम्म घटेको छ। अनुसन्धान संस्थाबाट सार्वजनिक भएको पछिल्लो 《ग्लोबल वित्तीय केन्द्र सूचकांक》बमोजिम हङकङको समग्र श्रेणी विश्वका शीर्ष तीनमा फर्केका छन्।

वास्तविकताबाट प्रमाणित छ:हङकङको वर्तमान वाणिज्य वातावरण सुरक्षित तथा ऊर्जावान् देखिन्छ। वर्तमान अवस्था सन्२०१९को जुनदेखि सन्२०२०को प्रारम्भसम्मको अवधि अकल्पनीय छ। अमेरिका लगायत विदेशी शक्तिको समर्थनमा हङकङका चीन विरोधी तत्वहरुले उत्तेजना फैलाउने जस्ता गतिविधिबाट हङकङको समाज तथा अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव पारेको थियो। जसबाट हङकङको उत्कृष्ट वाणिज्य वातावरणलाई गम्भीर रूपमा ध्वस्त पारेको थियो। ठूलो वास्तविकताबाट अमेरिकाको चीन विरोधी शक्ति नै हङकङको वाणिज्य वातावरणको सबैभन्दा ठूलो नकारात्मक तत्व हो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn