७६औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनको सामान्य बहसमा राष्ट्राध्यक्षको महत्वपूर्ण सम्बोधन
दोस्रो, हामीले अर्थतन्त्रको पुनरुत्थान गर्दै अझ बलियो, हरित, स्वस्थ ग्लोबल विकासलाई साकार तुल्याउन प्रयास गर्नुपर्छ। यस सम्बन्धमा राष्ट्राध्यक्ष सीले विकासलाई प्राथमिकतामा राख्नु, जनतालाई केन्द्रमा राख्नु, सहुलियत तथा समेटिएको धारणाको कायम राख्नु, नविनताबाट विकासलाई प्रवर्द्धन गर्नु, मानव जाति र प्रकृतिको मेलमिलापयुक्त सहअस्तित्व, योजनाबमोजिम प्रभावकारी गतिविधि गर्नु गरी छ सुझाव प्रस्तुत गर्नुभएको छ।
यसै गरी राष्ट्राध्यक्ष सीले तेस्रो प्रस्तावको क्रममा भन्नुभएको छ, हामीले एकताबद्ध भएर पारस्परिक सम्मान, सहयोग तथा साझा फाइदा भन्ने अन्तर्राष्ट्रिय सम्बन्धको विचारधारालाई व्यवहारमा उतार्नुपर्छ। एक शान्त विकसित संसारले विविध सभ्यता बोक्नसक्छ। जन गणतन्त्र चीनले खोजेको विचारधारा शान्ति तथा मेलमिलाप हो। पहिले कहिल्यै अरुमाथि अतिक्रमण नगरेका चिनियाँहरुले भविष्यमा पनि हस्तक्षेप गर्ने छैन।
चोथो, हामीले ग्लोबल व्यवस्थापनलाई पूर्णता दिलाउँदै बहुपक्षीयतालाई व्यवहारमा उतार्नुपर्छ। संयुक्त राष्ट्र संघले बहुपक्षीयताको झण्डा फहराउँदै विभिन्न मुलुकका लागि सुरक्षा र विकास उपलब्धिको संरक्षण गर्नुपर्छ।
अन्तमा, राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छःमानव जातिको शान्त विकसित पाइलाको प्रवृत्ति रोकिन्न। हामीले विश्वासलाई सबल बनाउँदै मानव जाति भाग्य समुदायको निर्माणलाई प्रवर्द्धन गरौँ।