नेपाली

७६औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनको सामान्य बहसमा राष्ट्राध्यक्षको महत्वपूर्ण सम्बोधन

criPublished: 2021-09-23 09:08:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले २१ तारिख पैचिङबाट भिडियोमार्फत ७६औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनको सामान्य बहसमा सहभागी हुँदै“विश्वासलाई द्दढ बनाएर संयुक्त रूपमा कठिनाईको सामना गरेबाट अझ सुन्दर संसारको निर्माण”को मुख्य शीर्षकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सव मात्र नभई जन गणतन्त्र चीनको संयुक्त राष्ट्र संघमा वैधानिक सिट पुनर्स्थापना भएको ५०औँ वार्षिकोत्सव पनि हो। चीनले उक्त ऐतिहासिक घटनाको भव्य सम्झना गर्दै संयुक्त राष्ट्र संघसँगको सहयोगलाई नयाँ उचाइमा पुर्याउने छ।

एक वर्षअघि विभिन्न मुलुकका नेताहरुले संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सवमा श्रृँखलाबद्ध शिखर सम्मेलनमा भाग लिँदै महामारीको प्रतिरोध, चुनौतिको सामना, बहुपक्षीयता कायमलगायत संयुक्त राष्ट्र संघको भूमिकालाई मजबुत बनाउने बचन दिएका थिए। एक वर्षयता विश्वमा एक शताब्दीमा नदेखिएको ठूलो परिवर्तनको अवस्था र नयाँ कोरोना भाइरस महामारी फैलिँदै गएको प्रभावमा विभिन्न मुलुकका जनताको शान्ति र विकासप्रतिको इच्छा र निष्पक्षताप्रतिको आह्वान अझ बलियो बन्दै गएको देखिन्छ। त्यसैले हरेक दायित्वबोध राजनीतिज्ञले विश्वास,साहस र जिम्मेवारी लिँदै वर्तमान युगको परीक्षाको सामना गर्दै ऐतिहासिक छनौट सिर्जना गर्नुपर्छ। यसप्रति राष्ट्राध्यक्ष सीले चार निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

पहिलो, हामीले महामारीलाई पराजित गर्नुपर्छ। वर्तमान परिप्रेक्ष्यमा प्राथमिक कुरा भनेको विश्वव्यापी रुपमा खोपको उचित तथा निष्पक्ष वितरण हो। चीनले पूरा वर्षभरि विदेशका लागि २ अर्ब खोप प्रदानको प्रयास गर्ने छ।“नयाँ कोरोना भाइरस खोप कार्यान्वयन योजना”लाई १० करोड अमेरिकी डलर सहायता दिने आधारमा यस वर्षमै विकासोन्मुख मुलुकलाई १० करोड खोपको निःशुल्क सहयोग गर्ने छ। साथै चीनले निरन्तर रुपमा ग्लोबल भाइरस स्रोतको वैज्ञानिक खोजीलाई निरन्तर समर्थन दिँदै यस सम्बन्धी कुनै किसिमको राजनीतिक नियन्त्रणको कडा विरोध गर्दै जाने छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn