न्यायपूर्ण विश्व र दिगो ग्रहको निर्माणमा चीनको भूमिका
चीन बहुपक्षीयताको अभ्यासकर्ता हो।
चीनले विश्वव्यापी शासन प्रणालीको सुधारलाई सधैँ सक्रिय रूपमा बढाउनुका साथै साझा परामर्श, निर्माण र साझा लाभको अवधारणामा समान र व्यवस्थित बहुध्रुवीय, सार्वजनिक फाइदाजनक र समावेशी आर्थिक विश्वव्यापीकरणको वकालत गरेको छ। जसले विश्वव्यापी शासन प्रणालीको सुधारमा झन् झन् महत्त्वपूर्ण भूमिका खेलेको छ। जी-२० को प्रारूपमा चीनले ठोस गतिविधिमार्फत् विकासुन्मुख देशको आवाज र प्रतिनिधित्व बढाएर विकासुन्मुख देशको साझा हितको रक्षा गरेर अधिक न्यायपूर्ण उचित दिशामा अन्तर्राष्ट्रिय व्यवस्थाको विकासलाई बढाएको छ।
धेरै विश्वव्यापी चुनौतीका सामु कुनै पनि देश एक्लैले समस्याको समाधान गर्न सक्दैन, र कुनै पनि एक्लैले स्वदेशी हितको सुरक्षा गर्न सक्दैन। " विश्वका सबैले सँगै मिलेर" मात्र त्यसको सामना गर्नसकिन्छ। चीन सधैँ ग्लोबल साउथको सदस्य रहँदै आएर आधुनिकीकरण हासिल गर्न, साझा विकासको न्यायोचित विश्व निर्माण गर्न, गरिबीलाई विगतको कुरा बनाउन र सुन्दर दृष्टिलाई वास्तविकतामा परिणत गर्न व्यापक विकासुन्मख देशहरूसँग हातेमालो गर्न तयार छ।