नेपाली

न्यायपूर्ण विश्व र दिगो ग्रहको निर्माणमा चीनको भूमिका

criPublished: 2024-11-20 15:31:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जी-२० को १९औँ शिखर सम्मेलन यसै महिनाको १८ र १९ तारिखमा ब्राजिलको रियो दि जेनेरियोमा आयोजना भएको छ। ‘न्यायपूर्ण विश्व र दिगो ग्रहको निर्माण’भन्ने विषयमा केन्द्रित रहेर विभिन्न मुलुकका नेताहरूले विकास सहयोगका बारेमा छलफल गर्नुका साथै विश्वव्यापी शासन व्यवस्थाको खाका तयार पार्नुभएको छ।

चीन तथा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार बुद्धि शर्माले ब्राजिलमा सम्पन्न जी-२० शिखर सम्मेलनले आफूलाई निकै प्रभावित बनाएको बताउँदै भन्नुभयोः ‘सुस्त आर्थिक वृद्धि, खाद्यान्न र ऊर्जाजस्ता बहुआयामिक संकट, बारम्बार भूराजनीतिक द्वन्द्वलगायत थुप्रै चुनौतीहरुको सामना विश्वले गरिरहेको छ। जिम्मेवारी ठुला मुलुकको रुपमा चीन सँधै विश्वको बारेमा सचेत रहिरहेको छ। आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध छ र विश्वव्यापी चुनौतीहरूको सामना गर्न र विश्वव्यापी दिगो विकास हासिल गर्नका लागि समाधान प्रस्ताव र शक्तिमा योगदान पुर्याइरहेको छ।’

बुद्धि शर्माले भन्नुभए झैँ, विश्वव्यापी विकासको उद्देश्यलाई समर्थन गर्ने कर्ताको रूपमा, चीनले सक्रिय रूपमा न्यायपूर्ण विश्व र दिगो ग्रह निर्माण गर्न निरन्तर प्रयास गरिरहेको छ।

चीन समावेशी र अन्तरसम्बन्धित विकासको हिमायती

जी-२० को १९औँ शिखर सम्मेलनको पहिलो चरणमा 'भोकमरी र गरिबीविरुद्ध लड्ने' विषयक छलफलका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यसरी औँल्याउनुभयोः हाङचौउदेखि रियो दि जेनेरियोसम्म हामी सबै एउटै लक्ष्यका लागि प्रतिबद्ध छौँ, जुन साझा विकासको न्यायोचित विश्व निर्माण गर्नु हो। चीनको विकास विश्वव्यापी साझा विकासको महत्वपूर्ण भाग हो। राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि जोड दिँदै भन्नुभयोः चीनले सबै ८० करोड गरिब जनतालाई गरिबीबाट मुक्त पारेको छ साथै दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको सन् २०३० को कार्यसूचीको गरिबी न्यूनीकरणको लक्ष्यलाई पनि निर्धारित समयअगावै पूरा गरेको छ। चीन सफल भएको छ र अन्य विकासोन्मुख देशहरू पनि सफल हुन सक्छन्। गरिबीविरुद्धको लडाइँ जित्न चीनको सफलताको विश्वव्यापी महत्व यही हो। संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) का महानिर्देशक गर्द मुलरले गरिबी उन्मूलन, भोकमरी हटाउन र जलवायु परिवर्तनको क्षेत्रमा 'चीन हाम्रो सबैभन्दा बलियो साझेदार' भएको बताउनुभयो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn