सात अनुभवद्वारा चीन र अमेरिकाको सम्बन्धका लागि मूलभूत अनुसरण
"पृथ्वी पर्याप्त ठूलो छ। चीन र अमेरिकाको साझा विकास र आ-आफ्नै समृद्धिका हुन सक्छ।” दुई देशका राष्ट्रनायकको रणनीतिक मार्गदर्शनमा चीन र अमेरिका सम्बन्धमा हासिल प्रगति सहज छैन र यो साझा रूपमा उजिल्याउन योग्य छ। लगभग दुई महिनापछि अमेरिकामा नयाँ प्रशासन आउनेछ। दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा सहयोगका सिद्धान्तको पालना गरी राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत सात बुँदे अनुभवको निर्देशनमा चीन र अमेरिका सम्बन्धको स्थिर रूपान्तरण गर्ने आशा छ। जसले नयाँ कालमा चीन र अमेरिका सहअस्तित्व हुने सही मार्ग पत्ता लगाएर दुई देश र विश्वलाई फाइदा पुर्याउनेछ।