सात अनुभवद्वारा चीन र अमेरिकाको सम्बन्धका लागि मूलभूत अनुसरण
एक वर्षपछि विश्वले चीन र अमेरिकाका राष्ट्रनायकहरूको भेटवार्तामाथि ध्यान दिएको छ।
स्थानीय समय नोभेम्बर १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लिमामा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभयो। दुई मुलुकका राष्ट्रानायकहरूले चीन र अमेरिकाको सम्बन्ध, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे सदिच्छापूर्ण, गहिरो र रचनात्मक आदान-प्रदान गर्नुभयो। राष्ट्राध्यक्ष सीले विगत चार वर्षमा चीन र अमेरिकाको सम्बन्धको विकासको सात अनुभवको निचोड निकाल्दै चीनले “चार अपरिवर्तित” सिद्धान्तमा अडिग रहेको, अमेरिकासँग वार्तालाई कायम राख्ने, सहयोगलाई विस्तार गर्ने, विवादको नियन्त्रण गर्ने आशा लिएको बताउनुभयो। राष्ट्राध्यक्ष सीले महत्वपूर्ण समस्यामा चीनको सिद्धान्त र अडानबारे ब्याख्या गर्नुभयो। राष्ट्रपति बाइडेनले अमेरिकाले चीनबिरुद्ध “नयाँ शीत युद्ध” कार्यान्वयन नगर्ने, “थाइवानको स्वतन्त्रता”को समर्थन नदिने राजनीतिक प्रतिबद्धतालाई पुनःपुष्टि गर्नुभयो।
चीन र अमेरिका “प्रतिद्वन्द्वी” वा “साझेदार” हुन्? यो दुई मुलुकको सम्बन्धको मूलसित सम्बन्धित छ। दुई मुलुकको दौत्य सम्बन्ध स्थापनाको ४५ वर्षयता अन्तर्राष्ट्रिय परिस्थिति जस्तोसुकै परिवर्तन भए पनि अमेरिकाप्रति चीनको नीति के हो भने दुई मुलुक साझेदार बन्नुपर्छ र प्रतिद्वन्द्वी होइनन्। चीनले यही कुरा भनेको र व्यवहारमा लागू पनि गरेको छ।
यसपटक राष्ट्राध्यक्ष सीले जोड दिनुभो, चीन-अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासका लागि प्रयास गर्ने लक्ष्यमा कुनै परिवर्तन छैन। पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र साझा जित सहकार्यको आधारमा चीन र अमेरिका सम्बन्धको सञ्चालन गर्ने सिद्धान्तमा कुनै परिवर्तन छैन। आफ्नो सार्वभौमिकता, सुरक्षा र विकसित हितको दृढतापूर्वक रक्षा गर्ने चिनियाँ अडानमा कुनै परिवर्तन छैन र चिनियाँ र अमेरिकी जनताबीचको परम्परागत मित्रतालाई निरन्तरता दिने चाहनामा कुनै परिवर्तन छैन। यी 'चार अपरिवर्तन' अडानले दुई देशका जनताको मूल हित र विश्वको शान्ति तथा विकासको रक्षा गर्ने चीनको जिम्मेवारीबोध र लक्ष्यलाई प्रतिबिम्बित गर्दछन् र ठूला देशको जिम्मेवारीलाई प्रतिबिम्बित गर्दछन्।