नेपाली

अमेरिकाको मौनताले बहिरो बनाउँछ, अमेरिकाको कपट स्पष्ट छ

criPublished: 2024-10-11 10:05:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत वर्ष अक्टोबरमा प्यालेस्टाइन-इजरेल द्वन्द्वको नयाँ चरण सुरु भएदेखि गाजा पट्टीमा इजरेलको सैन्य कारबाहीले अभूतपूर्व मानवीय प्रकोप निम्त्याएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ। यसैबीच गाजामा युद्धविरामका लागि मानवीय आह्वानको गुञ्जन विश्वभरि जारी रह्यो र संयुक्त राष्ट्र संघीय महासभामा मतदानमा व्यापक समर्थन प्राप्त गर्यो, तर वाशिङटनले आफ्नो भिटो शक्ति प्रयोग गर्‍यो। विश्लेषक हाइजाम अमीरा फर्नान्डेजले रुस-युक्रेन द्वन्द्व भएपछि अन्तर्राष्ट्रिय समुदायले जारी गरेको "न्याय आवाज" को तुलनामा लेबनानविरुद्ध इजरेलको उस्तै आक्रमकताको सामनामा अमेरिकाको "बहिरो पार्ने मौनता" ग्लोबल साउथमा स्पष्ट "दोहोरो मानक" को रूपमा देखियो, जसको परिणामस्वरूप मानव अधिकारमा अमेरिकी कथनलाई ग्लोबल साउथका बासिन्दाका आँखामा "पाखण्ड" अभिव्यक्त भएको छ।

मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा "नरसंहार" सहने क्रममा "मानव अधिकारको बारेमा कुरा गर्ने" पश्चिमाको "कुनै अधिकार" नभएको आलोचना गर्नुभयो। स्पेनको भ्यालेन्सिया विश्वविद्यालयका समकालीन इतिहासका प्राध्यापक एवम प्यालेष्टाइन-इजरेल मुद्दाका विशेषज्ञ रामोस टोलोसाले यस व्यवहारलाई "उत्तरको कपट" भनेर वर्णन गर्नुभयो। अन्तर्राष्ट्रिय मानव अधिकार विशेषज्ञ एवम जेनेभा माया कोषका अध्यक्ष स्ट्याकेलबर्गले औँल्याउनुभयो कि गाजाको वर्तमान द्वन्द्वमा अमेरिकाले तथाकथित "मानवअधिकार रक्षक" र "नैतिकता नमूना"को रूपमा आफ्नो छवि कायम राख्न कोशिश गरेको छ साथै इजरेललाई हतियार र उपकरण उपलब्ध गराउन जारी राखेको छ जुन मानवअधिकारका मुद्दामा अमेरिकाले अपनाएको दोहोरो मापदण्डका उदाहरणहरूमध्येको एक हो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn