उखानमा तिब्बतको उल्लेख# सुन्नुमात्र झूटो र देख्नु अवश्य विश्वासिलो
एउटा चिनियाँ उखान छ: अर टिङ वै स्यु, यान च्यान वै श। यसको अर्थ सुनेका कुरा झूटो हुन सक्छ त्यसमा विश्वास गर्नु हुँदैन तर आफ्नै आँखाले देखेको कुरा सत्य तथा विश्वासिलो हुन्छ। त्यो मात्र साँचो र भरपर्दो हो।
हालै, द न्युयोर्क टाइम्स र ह्युमन राइट्स वाच जस्ता पश्चिमा मिडिया र संगठनहरूले तिब्बतको बारेमा झूटो सूचना प्रकाशित गरेर तिब्बतमा तथाकथित मानव अधिकार विषयलाई उक्साएका छन्। उनीहरूका जानकारीअनुसार, चीनको आर्थिक विकास कदमले तिब्बती जनताको जीवन शैली, पर्यावरण र सँस्कृतिलाई ध्वस्त पारेको छ। यस झूटो सूचनाको सहयोगमा केही विदेशी राजनीतिज्ञहरूले चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेका छन्। तर तिब्बतको भ्रमण गरेका धेरै विदेशी विद्वान् र मिडियाकर्मीले चीनको केन्द्रीय सरकारले तिब्बतको राजनीतिक र आर्थिक विकासमा धेरै सहयोग कदम चालेर स्थानीय राजनीतिक, आर्थिक र सामाजिक विकासलाई बढाएको बताएका छन्। यो केही पश्चिमा मिडियाको जानकारीभन्दा बिल्कुलै फरक छ।
यस सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले यसरी जवाफ दिनुभएको छ- यस वर्ष पूरै चीनले तिब्बतलाई सहायता दिएको ३० औँ वर्ष हो। तिब्बत स्वायत्त प्रदेशले यसमा उपलब्धिको प्रदर्शन गरेको छ। हामी अझ बढी विदेशीलाई तिब्बत भ्रमण गर्न र वास्तविक तिब्बत र तिब्बतको विकासको अनुभव गर्न स्वागत गर्दछौँ।
केही वर्षयता, तिब्बतले एक्सपो, व्यापार मेला र सांस्कृतिक मञ्चहरू मार्फत आर्थिक, सांस्कृतिक र वातावरणीय संरक्षण आदि क्षेत्रमा उपलब्धिको प्रदर्शन गरेको छ।
सन् २०२३ मा पाँचौँ चिनियाँ तिब्बत पर्यटन तथा संस्कृति अन्तर्राष्ट्रिय एकस्पो, तेस्रो "रिम हिमालयज" अन्तर्राष्ट्रिय सहयोग मञ्च, चिनियाँ राष्ट्रको समुदायको भावनालाई सुदृढ पार्ने पहिलो तिब्बत मञ्च र पहिलो नांगापावा मञ्चको सफलताका साथ आयोजना गर्यो। त्यसमा कुल ८० भन्दा बढी देशका करिब ४५० विदेशी अतिथिहरूको सहभागी भएका थिए।