"कमरेड र दाजुभाइ"को परम्परागत मित्रतामा नयाँ जीवन्त शक्ति थपिँदै
चीन र भियतनामबीच संयुक्त भाग्य समुदायको निर्माणलाई प्रगाढ बनाउने काम दुई देशको विकासमा मात्र केन्द्रित नभई, विश्वउन्मुख पनि हो। भविष्यमा दुवै पक्षले संयुक्त राष्ट्रसंघ, आसियान र लान्छाङ–मेकङ सहयोग जस्ता बहुपक्षीय संयन्त्रअन्तर्गतको समन्वय र सहयोगलाई मजबुत बनाउने छन्। साथै, चीनले प्रस्तुत गरेका ३ वटा विश्वव्यापी अवधारणाको प्रारुपभित्र रहेका सहकार्यलाई अगाडि बढाउँदै समान र व्यवस्थित बहुध्रुवीय विश्व र समावेशी आर्थिक विश्वव्यापीकरणलाई बढाउने छन्। नि:सन्देह यसै क्षेत्र लगायत विश्वको शान्ति र विकासका लागि वरदान हो।
"गहन प्रगाढ मित्रता तथा कमरेड र दाजुभाइ" भन्ने भियतनाम र चीनबीचको विशेष मैत्रीपूर्ण सम्बन्ध नयाँ युगमा पुनर्जीवित हुनेछन् भन्ने कुरा समयले प्रमाणित गर्ने विश्वास गरिएको छ।