नेपाली

"कमरेड र दाजुभाइ"को परम्परागत मित्रतामा नयाँ जीवन्त शक्ति थपिँदै

CRIPublished: 2024-08-21 16:46:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राज्य–राज्य सम्बन्धमा जब 'कमरेड र दाजुभाइ'को कुरा आउँछ, धेरैले तुरुन्तै चीन र भियतनामका बारेमा सोच्छन्। गत वर्षको अन्त्यमा दुवै देशले रणनीतिक रुपमा संयुक्त भाग्य समुदायको निर्माण नामक महत्वपूर्ण घोषणा गर्दै दुई पार्टी र दुई देशबीचको सम्बन्ध विकासमा नयाँ चरण खोले। आजआएर आ–आफ्नो देशको विकास र पुनरुत्थानको महत्वपूर्ण घडीमा चीन र भियतनामबीचको परम्परागत मित्रतालाई कसरी पुनर्जीवित गर्न सकिन्छ? अगष्ट १८ देखि २० तारिखसम्म भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा भियतनामी राष्ट्रपति तो लामले चीनको राजकीय भ्रमणका क्रममा दुवै पक्षले संयुक्त रुपमा जवाफ दिनु भएको छ।

यसै महिनाको सुरुमा भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिवका रूपमा कार्यभार सम्हाल्नुभएपछि तो लामको यो पहिलो विदेश भ्रमण हो। जसले चीन–भियतनाम सम्बन्धको उच्चस्तरीय र रणनीतिक प्रकृतिलाई दर्शाउँछ। अगष्ट १९ तारिख चिनियाँ क्म्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तो लामसँग वार्ता गर्नुभयो र दुवै पक्षले 'प्राथमिकता' र 'गहनता' शब्दमा जोड दिएका छन्।

उहाँहरुको कुराबारे चर्चा गर्दै विश्लेषकहरूले भनेका छन् : दुवै पक्षले दिएको धारणाबाट चीन र भियतनामबीचको विशेष मित्रतालाई प्रतिबिम्बित गर्नुका साथै आ–आफ्नो विकास र पुनरुत्थानको महत्वपूर्ण समयमा आपसी सहयोगलाई प्रगाढ बनाउनका लागि दुवै पक्षको इच्छा र दृढतालाई पनि प्रदर्शित गरिएको छ। यसका साथै दुई पक्ष र दुई देशबीचको सम्बन्धका विकासको दिशालाई पनि इंगित गरिएको छ।

हाल चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई जोडतोडका साथ अघि बढाइरहेको छ र चीनलाई सबै हिसाबले महान् आधुनिक समाजवादी मुलुक बनाउने दोस्रो सय वर्षको लक्ष्यउन्मुख अघि बढिरहेको छ। भियतनामले पार्टीको स्थापना र आधुनिक समाजवादी देश निर्माणलाई बढाउने दुईवटा सय वर्षका लक्ष्यहरू पनि सञ्चालन गरिरहेको छ। यस पृष्ठभूमिमा चीन र भियतनामले संयुक्त भाग्य समुदायको निर्माणलाई अझ प्रगाढ बनाउनु नै समयानुकूल छ र यो जनताको आकांक्षा पनि हो।

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn