नेपाली

जनताको खुशी नै सबैभन्दा ठूलो मानव अधिकार

criPublished: 2024-07-18 10:35:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तर तिब्बतको विश्व-प्रसिद्ध विकास उपलब्धि र जनजीवन स्तरमा भएको ठूलै सुधारका सामु केही मानिसले बेवास्ता गरेका छन् र अफवाह, निन्दा र बदनामी फैलाउन सक्दो प्रयास गरिरहेका छन्।

तिनीहरूले गरिबी उन्मुलन र स्थानान्तरणलाई किसान र पशुपालकको परम्परागत उत्पादन र जीवनशैलीलाई नष्ट गर्ने र तिब्बती मानिसको रीतिथिति र बानीमा परिवर्तनका रूपमा वर्णन गर्दछन्। सडक र रेलमार्ग निर्माणलाई तिब्बतको पारिस्थितिकी वातावरणलाई नोक्सान पुर्‍याउने रूपमा वर्णन गर्दछन्। तिब्बती शिक्षाको विकास गर्ने र तिब्बती जनता लगायत विभिन्न जातिका जनताको जीवनस्तरको सुधार गर्ने प्रयासलाई "सांस्कृतिक नरसंहार" र तिब्बती जातीय पहिचानको उन्मुलन गर्ने रूपमा वर्णन गर्दछन्।

वास्तवमा ती मानिसहरूले तिब्बतका सबै मानिसलाई आफ्नो भित्री उद्देश्य प्राप्त गर्न साधन र स्रोतको रूपमा प्रयोग गर्छन्। तिब्बतका विभिन्न जातिका मानिस र दलाई लामा गुट तथा पश्चिमी शक्तिबीचको द्वन्द्व जातीय मुद्दा वा मानवअधिकारको मुद्दा होइन।

दलाई लामा गुटको दृष्टिकोणबाट हेर्दा तिनीहरूले पुरानो तिब्बतको राजनीतिक र धार्मिक एकताको सामाजिक व्यवस्थालाई पुनर्स्थापना गर्ने सपना देख्छन् तर राष्ट्रिय पहिचान जोगाउने र राष्ट्रिय संस्कृति जोगाउने कुरा होइन।

अमेरिकालगायत पश्चिमाको दृष्टिकोणबाट हेर्दा तिनीहरू केवल "तिब्बत कार्ड" खेल्न चाहन्छन् र चिनियाँ राष्ट्रको महान पुनर्रूत्थानको ऐतिहासिक प्रक्रियालाई दबाउन र पछि पार्न “तिब्बत विषय”को प्रयोग गर्न चाहन्छन् र आफ्नो आधिपत्य कायम राखेर चीन समेत विकासोन्मुख मुलुकलाई दमन र शोषण गर्न चाहन्छन्। अमेरिकाले जहिले पनि मानव अधिकारको राजनीतिकरण र साधनीकरण गरेको छ र "मानव अधिकार" का नाममा प्रभुत्व लाध्ने गर्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले हालसालै तथाकथित "तिब्बत-चीन विवादको समाधान गर्न सहजीकरण गर्ने ऐन" मा हस्ताक्षर गर्ने उद्देश्य पनि यही हो।

अमेरिकालगायत पश्चिमा र दलाई गुटले जतिसुकै बदनाम गर्ने प्रयास गरे पनि जनताको खुसी नै सबैभन्दा ठूलो मानव अधिकार हो। "सबै जातीका जनताबीच एकअर्कालाई माया गर्छन् भने चिया र नुन कहिले पनि छुट्याउन सकिँदैन।" ४५ वटा जाति सँगै बस्ने तिब्बतका मानिसले प्रायः बोल्ने यो वाक्यले तिब्बतको वर्तमान अवस्थालाई वास्तवमै झल्काउँछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn