पहेँलो नदीमाथि चिनियाँ राष्ट्रनायकको ध्यान
पहेँलो नदी बग्ने क्षेत्रमा महत्व दिनु, संरक्षण र विकास गर्नु चीनको पर्यावरणीय सभ्यता निर्माणको एक भाग हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभए झैं मानव र प्रकृति जीवन समुदाय हो। मानवले प्रकृतिलाई सम्मान गर्नुपर्छ, प्रकृतिसँग मेल खानुपर्छ, प्रकृतिको संरक्षण गर्नुपर्छ। चीनले पालना गरेको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकास दायित्वलाई वहन गर्नु, पृथ्वीको दायित्वबोध गर्नु र भावी पुस्तालाई दायित्व वहन गर्नु हो।
तथ्यांकअनुसार, नयाँ चीनको स्थापना भएदेखि हालसम्म सत्तरी वर्षभन्दा बढीको समयमा पहेँलो नदीले बाटो बिराएन, बीस वर्षभन्दा बढी समयसम्म बग्न रोकिएन। पहेँलो नदीले दश पटक बाढीको प्रतिरोध गर्यो। हाल पहेँलो नदी अविरल बग्दछ। पहेँलो नदीको दुई किनारको दृश्यमा ठूलो परिवर्तन भयो।