पहेँलो नदीमाथि चिनियाँ राष्ट्रनायकको ध्यान
हाल चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले निङ् श्या ह्वी जातीय स्वायत्त प्रदेशको निरीक्षण भ्रमण गर्दै पहेँलो नदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षणलाई प्राथमिकतामा राख्नुभएको छ। चीनका सर्वोच्च नेताले पहेँलो नदीको संरक्षण तथा व्यवस्थापनमाथि ध्यान दिनुभएको यो पहिलोपटक होइन।
छिङहाई-तिब्बत पठारभूमिबाट सुरु भएको पहेँलो नदी छिङहाई, सछ्वान, कानसु, निङश्या, भित्री मंगोलिया, वल्लो शानसी, पल्लो शानसी, हनान र शान तुङलगायत ९ प्रान्त(स्वायत्त क्षेत्र) हुँदै बग्छ। यसको कुल लम्बाइ लगभग ५,४६४ किलोमिटर छ। पहेँलो नदीले करोड-करोडौं चिनियाँहरू हुर्काउनुका साथै भव्य चिनियाँ सँस्कृतिको विकास गरेको छ। त्यसैले पहेँलो नदी चीनको “मातृ नदी” मानिएको छ। चीनका लागि पीत नदी नेपालका लागि कर्णाली, कोशी तथा गण्डकीजस्तै हो। तर पहेँलो नदी विश्वमा माटो तथा बालुवा सबैभन्दा धेरै भएको नदी हो र यसको व्यवस्थापन गर्न निकै गाह्रो छ र पानीद्वारा गम्भीर क्षति पुर्याउने नदीहरू मध्येको एक पनि हो। जन गणतन्त्र चीनको स्थापनाअघिका लगभग २५०० वर्षमा यस नदीको तल्लो भागमा १५०० भन्दा बढी पटक बाढीको वितण्डा मच्चियो र नदीले २६ पटक मार्ग परिवर्तन गर्यो।
सन् २०१९ को सेप्टेम्बरमा आयोजित पहेँलो नदी वरिपरिको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरिय विकास सम्बन्धी गोष्ठीमा सी चिनफिङले यसरी जोड दिँदै भन्नुभयोः "पहेँलो नदीको संरक्षण गर्नु चिनियाँ राष्ट्रको महान् पुनरुत्थान र दिगो विकासका लागि ठूलो योजना नै हो।”
त्यसपछि सी चिनफिङले पहेँलो नदी बग्ने नौ वटा प्रान्तको भ्रमण गर्नुभएको छ। सन्२०१९ को अगष्टदेखि सन् २०२० को जुनसम्म भन्ने एक वर्षभन्दा कम समयमा उहाँले चारपटक गरी पहेँलो नदीको सर्वेक्षण गर्नुभयो। त्यसपछि राष्ट्राध्यक्ष सी चिनफिङले पहेँलो नदीको माथिल्लो, मध्य र तल्लो भाग पुग्नुभई पहेँलो नदी वरिपरिको पर्यावरणीय संरक्षणको रेखाङ्कन गर्दै हरित चीनको भविष्यको प्रतीक्षा गरिरहनुभएको छ।