नेपाली

चीन विश्वव्यापी वृद्धिको सबैभन्दा ठूलो इन्जिन

criPublished: 2024-06-13 16:19:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल विश्वव्यापी भूराजनीतिक तनाव बढ्दै आएको छ, आर्थिक वृद्धि कमजोर छ र समग्र रूपमा विश्व व्यापारले गत वर्षदेखि सुस्त रिकभरी जारी राखेको छ। यसका साथै केही पश्चिमी देशले तथाकथित "डिकपलिंग" र "डि-रिस्किङ" लाई बढावा दिइरहेका छन्। जसले विश्वव्यापी व्यापारमा अवरोध सिर्जना गरिरहेका छन्। जटिल बाह्य वातावरणको सामना गर्दै चीनको वैदेशिक व्यापारले दबाबको सामना गरेको छ जसले विश्वभरि धेरै भन्दा धेरै ग्राहकलाई आकर्षित गरेको छ। यसबाट "चीनको बौद्धिक निर्माण" को प्रतिस्पर्धात्मकतालाई पूर्ण रूपमा प्रदर्शन गरिएको छ।

चीनको आधिकारिक तथ्याङ्क अनुसार, यस वर्षको पहिलो पाँच महिनामा चीनको कुल आयात र निर्यात वस्तु व्यापारको मात्रा १७५ खर्ब चिनियाँ युआन रहेको छ। यो वार्षिक रूपमा ६.३ प्रतिशतले बढेको छ। मे महिनामा आयात निर्यात वृद्धिदर अप्रिलको तुलनामा ०.६ प्रतिशतले बढेर ८.६ प्रतिशत पुगेको छ। यस वर्षको पहिलो त्रैमासिकको उतार-चढावदेखि अप्रिल र मे महिनामा हरेक महिना सुधारसम्म चीनको वैदेशिक व्यापारले निकै कठिन रिबाउन्ड कर्भमा प्रवेश गरेको छ। अमेरिका र युरोपले चीनमाथि लगाएको व्यापार प्रतिबन्धका पृष्ठभूमिमा चीनको वैदेशिक व्यापारले अपेक्षा गरेभन्दा राम्रो नतिजा हासिल गरेको रोयटर्स र अन्य विदेशी सञ्चारमाध्यमले औँल्याएका छन्। जसबाट चिनियाँ कम्पनीले सक्रिय रूपमा विदेशी बजारको खोजीमा उल्लेखनीय नतिजा हासिल गरेको देखिएको छ। साथै चिनियाँ अर्थतन्त्रको बलियो लचिलोपनलाई पनि झल्काइएको छ।

समग्र सकारात्मक प्रवृत्तिको निरन्तर सुदृढीकरणको अतिरिक्त चीनको वैदेशिक व्यापारले सम्भ्रान्त वर्ग, बौद्धिक र हरित निर्यातको गति पनि देखिएको छ। यस वर्षका पहिला पाँच महिनामा चीनको वस्तुको निर्यात वार्षिक रूपमा ६.१ प्रतिशत बढेको छ जसमा उच्च प्राविधिक सामग्री र थप मूल्य भएको इलेक्ट्रोमेकानिकल उत्पादन निर्यातको अनुपात लगभग ६० प्रतिशत हो। जहाज, सवारी साधन, घरायसी उपकरण र एकीकृत सर्किट क्रमशः १००.१ प्रतिशत २६.३ प्रतिशत, १७.८ प्रतिशत र २५.५ प्रतिशतले बढेको छ।

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn