नेपाली

समावेशी र शान्तिपूर्ण चिनियाँ सभ्यताबाट विश्वलाई थप चिनियाँ बुद्धि, चिनियाँ समाधान र चिनियाँ शक्ति प्रदान गरिने

criPublished: 2024-06-07 15:18:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १२६० मा केवल १६ वर्षीय अरनिकोले युआन राजवंशलाई गोल्डेन प्यागोडा डिजाइनमा मद्दत गर्नका लागि दर्जनौँ नेपाली शिल्पकारलाई तिब्बतमा ल्याउनुभएको थियो। दुई वर्षपछि गोल्डेन प्यागोडा निर्माण भएको थियो। प्रतिभालाई माया गर्न उत्सुक युआन वंशका संस्थापक कुब्लाई खानले अरनिकोलाई चीनमै राख्नुभयो। त्यसपछिका ४० वर्षमा अरनिकोले म्याउयिङ मन्दिरको श्वेत प्यागोडा सहित एक दर्जन भन्दा बढी मन्दिर र प्यागोडाको निर्माणको अध्यक्षता गर्नुभयो। श्वेत प्यागोडा युआन राजवंशको राजधानीको एक महत्त्वपूर्ण प्रतीक मात्र होइन पछिल्ला पुस्ताका लागि युआन राजवंशमा बुद्ध धर्म र वास्तुकलाको अध्ययन गर्ने महत्त्वपूर्ण ऐतिहासिक स्थल पनि हो। अरनिकोले ठूलो संख्यामा कालिगडलाई पनि तालिम दिनुभयो र युआन राजवंशमा बौद्ध भवनको निर्माणमा ठूलो योगदान दिनुभयो।

“श्वेत प्यागोडा नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको प्रतीक र नेपाल र चीनबीच मैत्रीपूर्ण आदानप्रदानको ऐतिहासिक साक्षी हो।” प्रख्यात नेपाली इतिहासकार सत्यमोहन जोशीले यसरी भन्नुभएको छ।

वास्तवमा चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान इतिहास १६०० वर्षअघिदेखि सुरु भइसकेको थियो। त्यसबेला चीनका प्रख्यात भिक्षु फा सियान र नेपाली प्रख्यात भिक्षु बुद्धभद्रले एकअर्काको देशको भ्रमण गरी हस्तान्तरित बुद्धका पुराणको अनुवादमा सहकार्य गर्नुभएको थियो। थाङ राजवंशको समयमा प्रख्यात भिक्षु सुआनचाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो र बहुमूल्य लिखित अभिलेख छोड्नुभएको छ। सन् १९५५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। पुस्ताहरूको निरन्तर संघर्षका कारण चीन र नेपालले दिगो मित्रता कायम राखेका छन्। यस अवधिमा दुई देशबीच बढ्दो बारम्बार अन्तरक्रिया जारी छ। सन् २०१७ मा चीन र नेपालले संयुक्त रूपमा "बेल्ट एण्ड रोड" इनिशिएटिभ समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको थियो सो अवसरमा दुई राष्ट्रानायकले दुई पक्षीय सम्बन्धलाई चीन-नेपाल विकास तथा समृद्धि उन्मुखी युगौँयुगदेखिका रणनीतिक सहयोगी साझेदारी सम्बन्धसम्म उकास्न स्वीकार गर्नुभयो। सन् २०२३ मा नेपालका प्रधानमन्त्री प्रचण्डले सफलतापूर्वक चीनको औपचारिक भ्रमण गर्नुभयो। निरन्तर आदानप्रदानले दुई देशबीचको गहिरो मित्रताको जग बसालेको छ र दुई देश तथा दुई संस्कृतिबीच आपसी प्रवर्द्धन र सामञ्जस्यपूर्ण सहअस्तित्वको नमुना सिर्जना गरेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn