नेपाली

समावेशी र शान्तिपूर्ण चिनियाँ सभ्यताबाट विश्वलाई थप चिनियाँ बुद्धि, चिनियाँ समाधान र चिनियाँ शक्ति प्रदान गरिने

criPublished: 2024-06-07 15:18:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १२६० मा केवल १६ वर्षीय अरनिकोले युआन राजवंशलाई गोल्डेन प्यागोडा डिजाइनमा मद्दत गर्नका लागि दर्जनौँ नेपाली शिल्पकारलाई तिब्बतमा ल्याउनुभएको थियो। दुई वर्षपछि गोल्डेन प्यागोडा निर्माण भएको थियो। प्रतिभालाई माया गर्न उत्सुक युआन वंशका संस्थापक कुब्लाई खानले अरनिकोलाई चीनमै राख्नुभयो। त्यसपछिका ४० वर्षमा अरनिकोले म्याउयिङ मन्दिरको श्वेत प्यागोडा सहित एक दर्जन भन्दा बढी मन्दिर र प्यागोडाको निर्माणको अध्यक्षता गर्नुभयो। श्वेत प्यागोडा युआन राजवंशको राजधानीको एक महत्त्वपूर्ण प्रतीक मात्र होइन पछिल्ला पुस्ताका लागि युआन राजवंशमा बुद्ध धर्म र वास्तुकलाको अध्ययन गर्ने महत्त्वपूर्ण ऐतिहासिक स्थल पनि हो। अरनिकोले ठूलो संख्यामा कालिगडलाई पनि तालिम दिनुभयो र युआन राजवंशमा बौद्ध भवनको निर्माणमा ठूलो योगदान दिनुभयो।

“श्वेत प्यागोडा नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको प्रतीक र नेपाल र चीनबीच मैत्रीपूर्ण आदानप्रदानको ऐतिहासिक साक्षी हो।” प्रख्यात नेपाली इतिहासकार सत्यमोहन जोशीले यसरी भन्नुभएको छ।

वास्तवमा चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदान इतिहास १६०० वर्षअघिदेखि सुरु भइसकेको थियो। त्यसबेला चीनका प्रख्यात भिक्षु फा सियान र नेपाली प्रख्यात भिक्षु बुद्धभद्रले एकअर्काको देशको भ्रमण गरी हस्तान्तरित बुद्धका पुराणको अनुवादमा सहकार्य गर्नुभएको थियो। थाङ राजवंशको समयमा प्रख्यात भिक्षु सुआनचाङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो र बहुमूल्य लिखित अभिलेख छोड्नुभएको छ। सन् १९५५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। पुस्ताहरूको निरन्तर संघर्षका कारण चीन र नेपालले दिगो मित्रता कायम राखेका छन्। यस अवधिमा दुई देशबीच बढ्दो बारम्बार अन्तरक्रिया जारी छ। सन् २०१७ मा चीन र नेपालले संयुक्त रूपमा "बेल्ट एण्ड रोड" इनिशिएटिभ समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गर्नुभएको थियो सो अवसरमा दुई राष्ट्रानायकले दुई पक्षीय सम्बन्धलाई चीन-नेपाल विकास तथा समृद्धि उन्मुखी युगौँयुगदेखिका रणनीतिक सहयोगी साझेदारी सम्बन्धसम्म उकास्न स्वीकार गर्नुभयो। सन् २०२३ मा नेपालका प्रधानमन्त्री प्रचण्डले सफलतापूर्वक चीनको औपचारिक भ्रमण गर्नुभयो। निरन्तर आदानप्रदानले दुई देशबीचको गहिरो मित्रताको जग बसालेको छ र दुई देश तथा दुई संस्कृतिबीच आपसी प्रवर्द्धन र सामञ्जस्यपूर्ण सहअस्तित्वको नमुना सिर्जना गरेको छ।

चीन र नेपालबीचको मित्रताले "सभ्यता आदानप्रदानबाट रङ्गीन हुन्छ र आपसी सिकाइबाट समृद्ध हुन्छ" भनी स्पष्ट रूपमा चित्रण गरेको छ। चिनियाँ सभ्यता प्राचीन कालदेखि नै खुलापन र समावेशिताका लागि प्रसिद्ध छ र यसले अन्य सभ्यतासँगको आदान-प्रदान र आपसी सिकाइको माध्यमबाट निरन्तर नयाँ जीवन्तता प्राप्त गरेको छ। चाङ छियानको पश्चिम तर्फको यात्रादेखि जियानजनको पूर्व तर्फको यात्रासम्म, थाङ राजवंशको छाङआन शहरमा भएका सबै राष्ट्रहरूको बैठकदेखि सामुद्रिक सिल्क रोडमा हजारौँ माइलको प्रचारसम्म चिनियाँ सभ्यताले विश्वका सभ्यताप्रति आफ्नो खुलापन देखाएको छ।

गत वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भएको सांस्कृतिक सम्पदा र विकास सम्बन्धी गोष्ठीमा भाग लिनुहुँदा जोड दिनुभयो कि चिनियाँ सभ्यताको समावेशिताले चीन राष्ट्रको आदानप्रदान र एकीकरणको ऐतिहासिक अभिमुखीकरणलाई आधारभूत रूपमा निर्धारण गर्छ, विभिन्न धर्मको विविध सहअस्तित्वको सामञ्जस्यपूर्ण ढाँचा निर्धारण गर्छ र विश्व सभ्यतालाई अँगाल्ने खुला दिमाग निर्धारण गर्दछ। चिनियाँ सभ्यताको शान्तिपूर्ण प्रकृतिले चीन सधैँ विश्व शान्तिको निर्माणकर्ता, विश्वव्यापी विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हुनेछ भन्ने कुरालाई आधारभूत रूपमा निर्धारण गर्छ, चीनले सांस्कृतिक आधिपत्यमा संलग्न हुनुको सट्टा सभ्यताबीचको आदानप्रदान र आपसी सिकाइलाई निरन्तरता दिने आधारभूत रूपमा निर्धारण गर्छ, चीनले आफ्नो मूल्य र राजनीतिक प्रणाली अरूमाथि नथोपर्ने आधारभूत रूपमा निर्धारण गर्छ, चीन सहयोगमा अडिग हुने तथा टकरावमा संलग्न नहुने आधारभूत रूपमा निर्धारण गर्छ।

यही सांस्कृतिक पृष्ठभूमिमा ‘बेल्ट एन्ड रोड’ पहल सुरु भएको हो । त्यसबेलादेखि यो अवधारणालाई धेरै भन्दा धेरै देशले मान्यताका साथै सहभागिता जनाएका छन्। विगत एघार वर्षमा १५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्था बेल्ट एण्ड रोड परिवारमा सामेल भएका छन्। विगत एघार वर्षमा पहलले प्रभावकारी रूपमा विश्व जडानलाई बढावा दिएको छ र सबै देशको साझा विकासको लागि ठूलो बजार र अवसर प्रदान गरेको छ। चीन र सह-निर्माण गर्ने देशबीचको कुल आयात र निर्यात मात्रा १९१ खर्ब अमेरिकी डलर पुगेको छ भने संचयी द्विपक्षीय लगानी ३ खर्ब ८० अर्ब अमेरिकी डलर नाघेको छ। साथै ४५ वटा सह-निर्माण देश र क्षेत्रसँग उच्च शिक्षा योग्यताको पारस्परिक मान्यताको सम्झौतामा हस्ताक्षर गरिएको छ र १४४ वटा सह-निर्माण देशसँग संस्कृति र पर्यटनको क्षेत्रमा सहयोग दस्तावेजमा हस्ताक्षर भएको छ।

तसर्थ, समावेशी र शान्तिपूर्ण चिनियाँ सभ्यताले विश्वलाई थप चिनियाँ बुद्धि, चिनियाँ समाधान र चिनियाँ शक्ति प्रदान गर्नेछ र मानव भाग्य समुदाय निर्माण गर्न अन्य देशसँग मिलेर काम गर्नेछ भन्ने विश्वास गर्न हामीसँग प्रमाण छ।

Share this story on

Messenger Pinterest LinkedIn