तिब्बतको विकास "कर्मबाट" प्राप्त भएको हो
बितेका वर्षहरूमा, यस्तो अवधारणा लिएर, तिब्बतमा स्थानीय परिस्थितिहरूमा अनुकूलन उपायहरूको पालन गर्दै, आफ्नै संसाधन अनुदान र विकासको स्थितिको आधारमा, नयाँ उद्योगहरू, नयाँ मोडेलहरू र नयाँ ऊर्जाको विकासलाई अघि बढाइरहेको छ। साथै, सांस्कृतिक पर्यटन, विशेषतायुक्त कृषि र पशुपालन, उच्च-प्रविधि तथा डिजिटल, तिब्बती चिकित्सा लगायत श्रेष्ठता भएको विशेषतायुक्त उद्योगहरूको विस्तारलाई जारी राखेको छ। यसका अतिरिक्त, पठारभूमिमा साना उद्योग जस्ता उदीयमान उद्योगहरूमा पनि गतिशीलता दिइरहेको छ। जसले गर्दा उच्च-गुणस्तरीय विकासको विशेषतायुक्त श्रेष्ठताको आकार दिएको छ। "तिब्बतले हरियो, दिगो र उच्च गुणस्तरिय विकासलाई जोड्ने पठारभूमि आर्थिक विकासको नयाँ मार्गमा अगाडि हिँडिरहेको छ।
आर्थिक तथा सामाजिक विकास सँगसँगै आज तिब्बतमा एक सशक्त र समृद्ध विकास परिदृश्य प्रस्तुत गरिएको छ। तिब्बतका विभिन्न ठाउँको भ्रमणपछि नेपाली प्रतिनिधिमण्डलका अर्का सदस्य, नेपाल टेलिभिजनका निर्देशक फुलमान बल तामाडले यसरी भन्नुभयो, "चिनियाँ विशेषतायुक्त समाजवाद सम्बन्धि सी चिनफिङको विचारको मार्गदर्शनमा तिब्बत स्वायत्त प्रदेशीय सरकार र पार्टी कमिटीको नेतृत्वमा तिब्बती जनता सुखी र समृद्ध जीवनयापन गरिरहेका छन्, सांस्कृतिक समृद्धि हासिल गरेका छन् र सुधारिएको पूर्वाधार निर्माणमार्फत जनता निरन्तर लाभ प्राप्त गरिरहेका छन्।"
तामाङले गहिरो भावनाका साथ भन्नुभयो, 'हामीलाई प्रोत्साहन गरिएको छ। हामी तिब्बतको शासकीय मोडेलबाट सिक्दै नेपाललाई विकास गर्न सहयोग गर्ने इच्छामा छौं।'
माटो थुप्रेर पहाड बन्छ र पानी थुप्रेर अथाह हुन्छ। आज तिब्बतको विकासमा प्राप्त हुने हरेक उपलब्धि ठूलो होस् वा सानो, एक एक पाइला गर्दै, एक एक काम गरेर परिश्रमी हुनुबाट हासिल गरिएको हो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभए जस्तै , 'आम मानिसको सुखी जीवन काम गर्नुबाटै बन्छ। ”