तिब्बतको विकास "कर्मबाट" प्राप्त भएको हो
'तिब्बतले आफ्नो परम्परागत संस्कृति र प्राकृतिक वातावरणको राम्रो संरक्षणको काम गरेको छ। मलाई लाग्छ यस्तो विकास अधिक लचिलो र हरियो छ।' नेपालको एपी-१ टिभीकी उप सम्पादक समा थापाले यसरी भन्नुभयो।हालै तिब्बत भ्रमणपछि उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो।
मे २२- २५ सम्म फ्रेन्ड्स अफ द क्लाउड नामक संचार तथा इन्टर्नेट सेलेब्रिटीबाट गठित एक नेपाली टोलीले तिब्बतको लिन्ची र ल्हासाको भ्रमण गर्दा ग्रामीण पुनरुत्थान, पर्यावरणीय सभ्यता निर्माण र परम्परागत संस्कृतिको संरक्षणमा केन्द्रित रहेको थियो र समा थापा लगायतका सदस्यहरुले तिब्बतको विकास देखेर गज्जबको अनुभूति गरेको सुनाएका छन्।
बितेका वर्षहरुमा, तिब्बतमा शहरी र ग्रामीण बासिन्दाहरूको प्रतिव्यक्ति खर्च योग्य आयको वृद्धि दर चीनका विभिन्न ठाउँहरुमा अग्रस्थानमा रहँदै आएको छ। हालै चीनको राज्य परिषद्को प्रेस कार्यालयद्वारा आयोजित "उच्च गुणस्तरीय विकासलाई बढाउने" शृङ्खलाबद्ध पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशीय चिनियाँ कम्युनिष्ट पार्टी कमिटीका उपसचिव तथा तिब्बत स्वायत्त प्रदेशीय अध्यक्ष यान चिनहाईले "नयाँ युगमा तिब्बतको दीर्घकालीन स्थिरता र उच्च गुणस्तरीय विकासलाई बढाउने"अवस्थाबारे जानकारी जाजानकारी दिँदै "चौधौं पञ्चवर्षीय योजना" (सन्२०२१-२०२५)पछि, तिब्बतको कुल गार्हस्थ्य उत्पादन परिमाणमा संलग्न रकम १९० अर्ब युआनबाट बढेर सन्२०२३मा २४० अर्ब युआनसम्म पुगेको उल्लेख गर्नुभयो। साथै औसतमा प्रतिव्यक्ति जीडीपीमा संलग्न रकम ५२.३ हजारदेखि ६० हजार युआनसम्म पुगेको पनि बताइएको छ।
एक वर्षअघि मात्र चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन तिब्बत विकास मञ्च २०२३ लाई पठाउनुभएको बधाई सन्देशमा जोड दिँदै भन्नुभएको थियो, 'चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाउने नयाँ यात्रामा तिब्बतले नयाँ विकास अवधारणालाई पूर्ण, सही र व्यापक रूपमा कार्यान्वयन गर्ने, उच्च गुणस्तरिय विकासलाई गतिशील गर्ने र एकताबद्ध, समृद्ध, सभ्य, सौहार्दपूर्ण र सुन्दर नयाँ समाजवादी आधुनिक तिब्बत निर्माण गर्न प्रयास गर्ने आशा गरिएको छ। जसबाट जनताले अझ सुखी र राम्रो जीवन बिताउन सकून्।”