तथाकथित "चीनको अधिक क्षमता सिद्धान्त" का पछाडि जबरजस्ती र धम्की
हाल अन्तर्राष्ट्रिय समूहमा चीनसम्बन्धी एउटा विवादित नयाँ आवाज सुनिएको छ। अमेरिकाले चीनसँग केही क्षेत्रमा विशेष गरी विद्युतीय सवारी साधन र नवीकरणीय ऊर्जा उपकरणमा अत्यधिक क्षमता रहेको भनेको छ। उसको विचारमा चीनको घरेलु मागले यी उत्पादन क्षमतालाई अवशोषित गर्न सक्दैन त्यसैले कम मूल्यमा मात्र निर्यात गर्न सक्छ जुन तथाकथित "बजार संयन्त्र" लाई नष्ट गर्छ र विश्वव्यापी बजारलाई असर गर्छ। अमेरिकाले चीनलाई दुईवटा छनोट प्रदान गरेको छ। ती दुईवटा छनोटहरुमा या त निर्यातजन्य वस्तुको मूल्य बढाउने वा उत्पादन क्षमता घटाउने।
चीन भर्खरै जापानलाई उछिन्दै सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता बनेको छ तर अमेरिका चुपचाप बस्न सक्दैन। सबैलाई भ्रमित लाग्छ कि विगत दस वर्षमा जापानको अटोमोबाइल निर्यात प्रत्येक वर्ष पहिलो स्थानमा रहेको थियो। त्यसबेला अमेरिकाले किन जापानको क्षमता अधिक भयो भनेर भन्न सकेन।
त्यसोभए, के चीनको नयाँ ऊर्जा सवारी साधन र फोटोभोल्टिक उद्योगमा वास्तवमै अधिक क्षमता छ त?
यस मामिलामा फरक स्थानबाट पूर्णतया फरक दृष्टिकोण देखिन्छ। विश्वको सबैभन्दा धनी व्यक्ति एवम् टेस्लाका संस्थापक एलन मस्कले भनेका छन् कि यदि अमेरिकाले व्यापार सुरक्षा उपाय अपनाएन भने चिनियाँ नयाँ ऊर्जा वाहन कम्पनीले अमेरिकामा व्यापकता पाउनेछन् जुन अमेरिकी उपभोक्ताका लागि आयाम घटाउने प्रहार हुनेछ।
अमेरिकी अधिकारीको दृष्टिकोण पूर्णतया फरक छ। अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयमा ताइ छी नामक चिनियाँ मूलकी महिला कार्यकारीले हालै "विदेशी व्यापार बाधा मूल्याङ्कन प्रतिवेदन २०२४" जारी गरेअनुसार, चीनमा स्टिल, आल्मुनियम, फोटोभोल्टिक सोलार प्यानल र नयाँ उर्जाका सवारीसाधनको क्षमता बढेको र यो चिन्ताजनक स्तरमा पुगेको बताउनु भएको थियो। विशेषगरी बिजुली सवारीसाधन, त्यसबारे युरोपले समाधान गर्नका लागि उपाय अपनाएका उहाँको भनाइ थियो।