अमेरिकी प्रतिनिधिले किन भने, 'थुसिडाइड्स जाल' अपरिहार्य छैन
मार्च २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा अमेरिकी व्यापारिक क्षेत्र र रणनीतिक शिक्षा क्षेत्रका प्रतिनिधिहरूसँग भेट गर्नुभएबाट विश्वको ध्यान तानियो। सन् २०२३ को नोभेम्बरमा सान फ्रान्सिस्कोमा भएको चीन-अमेरिका राष्ट्रनायक बीचको भेट-वार्तापछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा अमेरिकी पक्षसँग आमनेसामने कुराकानी गरेको यो पहिलो पटक हो। सान फ्रान्सिस्को भेटवार्तामा हासिल गरिएको सबैभन्दा ठूलो सहमति चीन-अमेरिका सम्बन्ध स्थिर र राम्रो हुनुपर्छ भन्ने रहेको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो। सो अवसरमा अमेरिकी प्रतिनिधिले "थुसिडाइड्स पासो" अपरिहार्य छैन भन्ने धारणा व्यक्त गरे।
उक्त भेटमा भाग लिएका अमेरिकी प्रतिनिधिहरूमध्ये हार्वर्ड युनिभर्सिटीको केनेडी राजनीतिक कलेजका संस्थापक कूलपति ग्राएम एलिसनले 'थुसिडाइड्स ट्रयाप' को अवधारणा प्रस्तुत गरेका थिए। सन् २०१२मा, एलिसनले प्राचीन ग्रीक इतिहासकार थुसिडाइड्सको पेलोपोनेसियन युद्धको विवरण उधारोमा उदीयमान र स्थापित मुलुकहरूबीच चर्को द्वन्द्व वा युद्धको सम्भावनालाई प्रष्ट्याए। बितेका वर्षहरूमा, अमेरिकाले चीनलाई आफ्नो मुख्य रणनीतिक प्रतिस्पर्धीको रूपमा मान्दै आएको छ। यसै पृष्ठभूमिमा धेरै विश्लेषकहरूले चीन-अमेरिका सम्बन्धको दिशाको बारेमा चिन्ता व्यक्त गर्दै "थुसिडाइड्स पासो" भन्ने शब्दको प्रयोग गर्न थाले।
उक्त भेटमा अमेरिकी प्रतिनिधिले 'थुसिडाइड्स ट्रयाप' अपरिहार्य नभएको बताएका छन् जसलाई तीन आयामबाट हेर्न सकिन्छ।
चीन र अमेरिकाको आ-आफ्नो सफलता एक अर्काका लागि एक अवसर हो – यो सत्य तथ्य कुरा हो र तथ्याङ्कद्वारा बारम्बार प्रमाणित भइसकेको छ। आपसी कूटनीतिक सम्बन्ध स्थापना भएयता, चीन र अमेरिकाबीचको व्यापार परिमाण २०० गुणाभन्दा बढीले वृद्धि भएको छ। चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ र जीत-जीत परिणाम हो।