अमेरिकी प्रतिनिधिले किन भने, 'थुसिडाइड्स जाल' अपरिहार्य छैन
मार्च २७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा अमेरिकी व्यापारिक क्षेत्र र रणनीतिक शिक्षा क्षेत्रका प्रतिनिधिहरूसँग भेट गर्नुभएबाट विश्वको ध्यान तानियो। सन् २०२३ को नोभेम्बरमा सान फ्रान्सिस्कोमा भएको चीन-अमेरिका राष्ट्रनायक बीचको भेट-वार्तापछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा अमेरिकी पक्षसँग आमनेसामने कुराकानी गरेको यो पहिलो पटक हो। सान फ्रान्सिस्को भेटवार्तामा हासिल गरिएको सबैभन्दा ठूलो सहमति चीन-अमेरिका सम्बन्ध स्थिर र राम्रो हुनुपर्छ भन्ने रहेको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो। सो अवसरमा अमेरिकी प्रतिनिधिले "थुसिडाइड्स पासो" अपरिहार्य छैन भन्ने धारणा व्यक्त गरे।
उक्त भेटमा भाग लिएका अमेरिकी प्रतिनिधिहरूमध्ये हार्वर्ड युनिभर्सिटीको केनेडी राजनीतिक कलेजका संस्थापक कूलपति ग्राएम एलिसनले 'थुसिडाइड्स ट्रयाप' को अवधारणा प्रस्तुत गरेका थिए। सन् २०१२मा, एलिसनले प्राचीन ग्रीक इतिहासकार थुसिडाइड्सको पेलोपोनेसियन युद्धको विवरण उधारोमा उदीयमान र स्थापित मुलुकहरूबीच चर्को द्वन्द्व वा युद्धको सम्भावनालाई प्रष्ट्याए। बितेका वर्षहरूमा, अमेरिकाले चीनलाई आफ्नो मुख्य रणनीतिक प्रतिस्पर्धीको रूपमा मान्दै आएको छ। यसै पृष्ठभूमिमा धेरै विश्लेषकहरूले चीन-अमेरिका सम्बन्धको दिशाको बारेमा चिन्ता व्यक्त गर्दै "थुसिडाइड्स पासो" भन्ने शब्दको प्रयोग गर्न थाले।
उक्त भेटमा अमेरिकी प्रतिनिधिले 'थुसिडाइड्स ट्रयाप' अपरिहार्य नभएको बताएका छन् जसलाई तीन आयामबाट हेर्न सकिन्छ।
चीन र अमेरिकाको आ-आफ्नो सफलता एक अर्काका लागि एक अवसर हो – यो सत्य तथ्य कुरा हो र तथ्याङ्कद्वारा बारम्बार प्रमाणित भइसकेको छ। आपसी कूटनीतिक सम्बन्ध स्थापना भएयता, चीन र अमेरिकाबीचको व्यापार परिमाण २०० गुणाभन्दा बढीले वृद्धि भएको छ। चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको सार पारस्परिक लाभ र जीत-जीत परिणाम हो।
वास्तवमा, उक्त भेटमा भाग लिएका ब्ल्याकस्टोन, ब्लुमबर्ग, फेडेक्स र क्वालकम आदि अमेरिकी व्यापारिक क्षेत्रका धेरै प्रतिनिधिहरू चीन-अमेरिका आर्थिक र व्यापार सहयोगका सहभागी र लाभार्थी हुन्। चीनमा आफ्नो विकासमार्फत तीन कम्पनीहरूले चीनको विकासमा योगदान मात्र दिएका हैनन्, आफ्नै विकास पनि पाएका छन्। हाल, चीनले सक्रिय रूपमा नयाँ गुणस्तरिय उत्पादन शक्तिको विकास गरिरहेको छ, चाहे त्यो परम्परागत उद्योगहरूको रूपान्तरण र उन्नयन होस् वा उदीयमान उद्योगहरू र भावी उद्योगहरूको विकास होस्, यी सबै अमेरिकी कम्पनीहरूको लागि थप अवसरहरू ल्याउने गर्दछन्।
"थुसिडाइड्स पासो" अपरिहार्य छैन भन्ने अर्थमा यसले अमेरिकी व्यापार र रणनीतिक शैक्षिक सर्कलहरूले आफ्नै देशहरूमा शासक सर्कलहरूद्वारा चीनको सही धारणाप्रति अपेक्षाहरू पनि समावेश गराइएको छ।
बितेका वर्षहरूमा चीन-अमेरिका सम्बन्धमा आएको उतारचढावलाई फर्केर हेर्दा समस्याको सार अमेरिकी पक्षले चीनलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण रणनीतिक प्रतिस्पर्धीको रूपमा गलत तरिकाले हेर्ने गरेको तथ्यमा निहित छ। जबसम्म दुवै पक्षले एकअर्कालाई साझेदारको रूपमा लिन्छन्, एकअर्कालाई सम्मान गर्छन्, शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन्छन् र जीत-जीतको परिणामका लागि सहयोग गर्छन्, तबसम्म चीन-अमेरिका सम्बन्ध सुधार हुनेछ। यो नै अमेरिकी राजनीतिज्ञहरूको लागि विचारणीय छ।
"थुसिडाइड्स पासो" अपरिहार्य छैन भन्ने निचोर्ड चिनियाँ र अमेरिकी जनताबीचको आदानप्रदान र मित्रताबाट उत्पन्न हुन्छ। विगतमा चीन-अमेरिका सम्बन्धको इतिहास जनताले नै लेखेका थिए र भविष्यको जनताले नै निर्माण गर्नेछन्।
चालू वर्ष चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वर्षगाँठ मनाइँदैछ। वर्तमान परिस्थितिमा चीन र अमेरिकाको साझा चासो घटेको छैन, बरु बढेको छ। "थुसिडाइड्स पासो" अपरिहार्य छैन भन्ने कुरा अमेरिकी व्यापार र रणनीतिक शैक्षिक सर्कलको सहमति हो, र यो अमेरिकी शासक सर्कलको सहमति पनि बन्नुपर्छ। राष्ट्राध्यक्ष सीले भन्नुभए झैं, 'चीन र अमेरिकाबीचको सम्बन्ध विगततिर फर्कन सक्दैन, तर भविष्य राम्रो हुन सक्छ।"