चीनको आर्थिक सुधार "प्रवृत्ति" को स्रोत
"मलाई विश्वास छ कि चीनको चिकित्सा उद्योगले आगामी ५ देखि १० वर्षमा द्रुत बृद्धिलाई कायम राख्नेछ। जसका कारण विभिन्न देशका कम्पनीहरूले यस क्षेत्रमा लगानी बढाइरहेका छन्।" हालै चिनियाँ अर्थतन्त्रका बारेमा कुरा गर्दा अमेरिकाकाको प्लाइमाउथ रक इन्स्योरेन्स कम्पनीका निर्देशक डा. प्रमुख जेम्स स्टोनले विश्व दृष्टिकोणलाई उक्त भनाइ राख्नु भएको हो। हालै धेरै विदेशी कम्पनीहरूले चिनियाँ बजारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको अर्थतन्त्रको राम्रो विकास गतिप्रति आशावादी रहेको बताएका छन्। यो "प्रवृत्ति" कहाँबाट आउँछ? चीनको पछिल्लो आधिकारिक विज्ञप्तिले सार्वजनिक गरेको जनवरीदेखि फेब्रुअरीसम्मको राष्ट्रिय अर्थतन्त्रको अवस्थाबाट देखाएको छ कि चीनको अर्थतन्त्रको दीर्घकालीन सकारात्मक आधारभूत कुराहरू परिवर्तन भएका छैनन्।
चीनको ठूलो बजारमा यो प्रवृत्ति जताततै रहेको पाइन्छ। यस वर्षको जनवरीदेखि फेब्रुअरीसम्म उपभोग्य वस्तुहरूको कुल खुद्रा बिक्री ५.५ प्रतिशतले वृद्धि भएको छ, जसले उपभोग गतिलाई थप सुदृढ पार्दै आएको छ। हाल चीनले उपकरणहरू अद्यावधिक गर्ने नयाँ ठूलो चरण सुरु गरेको छ। सम्बन्धित विभागहरूका अनुसार, उच्च-गुणस्तरको विकासको गहन प्रगतिका साथ, उपकरण अद्यावधिकहरूले ५ ट्रिलियन भन्दा बढीको वार्षिक मात्राको ठूलो बजार ल्याउनेछ। साथै, सन् २०२३ को अन्त्यसम्ममा चीनमा नागरिक कारको संख्या ३३ करोड ६० लाख पुग्नेछ र घरेलु उपकरणहरूको संख्या ३ अर्ब इकाइ नाघेको छ। यी दुई क्षेत्रमा स्तरोन्नति गर्नाले ट्रिलियनको बजार पनि सिर्जना गर्न सकिन्छ।
हाल चीनको अर्थतन्त्रमा "नयाँ गुणस्तरीय उत्पातित शक्तिहरू" को विकास मुख्य शब्द बनेको छ। यस वर्षको सरकारी कार्य प्रतिवेदनले पनि "आधुनिक औद्योगिक प्रणालीको निर्माण र नयाँ गुणस्तरीय उत्पादित शक्तिहरूको विकासलाई तीव्रता दिने" लाई उच्च प्राथमिकतामा राखेको छ।