नेपाली

चीनको आर्थिक सुधार "प्रवृत्ति" को स्रोत

criPublished: 2024-03-19 15:42:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"मलाई विश्वास छ कि चीनको चिकित्सा उद्योगले आगामी ५ देखि १० वर्षमा द्रुत बृद्धिलाई कायम राख्नेछ। जसका कारण विभिन्न देशका कम्पनीहरूले यस क्षेत्रमा लगानी बढाइरहेका छन्।" हालै चिनियाँ अर्थतन्त्रका बारेमा कुरा गर्दा अमेरिकाकाको प्लाइमाउथ रक इन्स्योरेन्स कम्पनीका निर्देशक डा. प्रमुख जेम्स स्टोनले विश्व दृष्टिकोणलाई उक्त भनाइ राख्नु भएको हो। हालै धेरै विदेशी कम्पनीहरूले चिनियाँ बजारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको अर्थतन्त्रको राम्रो विकास गतिप्रति आशावादी रहेको बताएका छन्। यो "प्रवृत्ति" कहाँबाट आउँछ? चीनको पछिल्लो आधिकारिक विज्ञप्तिले सार्वजनिक गरेको जनवरीदेखि फेब्रुअरीसम्मको राष्ट्रिय अर्थतन्त्रको अवस्थाबाट देखाएको छ कि चीनको अर्थतन्त्रको दीर्घकालीन सकारात्मक आधारभूत कुराहरू परिवर्तन भएका छैनन्।

चीनको ठूलो बजारमा यो प्रवृत्ति जताततै रहेको पाइन्छ। यस वर्षको जनवरीदेखि फेब्रुअरीसम्म उपभोग्य वस्तुहरूको कुल खुद्रा बिक्री ५.५ प्रतिशतले वृद्धि भएको छ, जसले उपभोग गतिलाई थप सुदृढ पार्दै आएको छ। हाल चीनले उपकरणहरू अद्यावधिक गर्ने नयाँ ठूलो चरण सुरु गरेको छ। सम्बन्धित विभागहरूका अनुसार, उच्च-गुणस्तरको विकासको गहन प्रगतिका साथ, उपकरण अद्यावधिकहरूले ५ ट्रिलियन भन्दा बढीको वार्षिक मात्राको ठूलो बजार ल्याउनेछ। साथै, सन् २०२३ को अन्त्यसम्ममा चीनमा नागरिक कारको संख्या ३३ करोड ६० लाख पुग्नेछ र घरेलु उपकरणहरूको संख्या ३ अर्ब इकाइ नाघेको छ। यी दुई क्षेत्रमा स्तरोन्नति गर्नाले ट्रिलियनको बजार पनि सिर्जना गर्न सकिन्छ।

हाल चीनको अर्थतन्त्रमा "नयाँ गुणस्तरीय उत्पातित शक्तिहरू" को विकास मुख्य शब्द बनेको छ। यस वर्षको सरकारी कार्य प्रतिवेदनले पनि "आधुनिक औद्योगिक प्रणालीको निर्माण र नयाँ गुणस्तरीय उत्पादित शक्तिहरूको विकासलाई तीव्रता दिने" लाई उच्च प्राथमिकतामा राखेको छ।

चीनको नवप्रवर्तन वातावरणको आकर्षणले गर्दा ठूलो संख्यामा विदेशी कम्पनीहरू विकासका लागि चीनमा आएका छन्। यस वर्षको जनवरीमा चीनमा ४,५८८ नयाँ विदेशी-लगानी उद्यमहरू स्थापना भएका छन्, जुन वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेको छ। चीनमा पश्चिमी विकसित देशहरूको लगानी उल्लेखनीय रूपमा बढ्दै, फ्रान्स र स्वीडेनको लगानी क्रमशः २५ गुणा र ११ गुणाले बढेको छ। एस्ट्राजेनेकाका विश्वव्यापी कार्यकारी उपाध्यक्ष वाङ लेईले चीनसँग उत्कृष्ट उत्पादन र पूर्ण आपूर्ति शृङ्खला रहेको र चिनियाँ आविष्कारमा आधारित व्यापार अनुसन्धान र विकास गर्ने आशा रहेको बताउनुभयो।

यो वर्षको पहिला दुई महिनामा चीनको वस्तु आयात र निर्यातमा वार्षिक रूपमा ८.७ प्रतिशतले वृद्धि भएको र आयात र निर्यात दुवैमा सकारात्मक वृद्धि भएको उल्लेख गर्न लायक छ। वाल स्ट्रिट जर्नलले पहिला दुई महिनामा चीनको निर्यातमा "बलियो गति" रहेको र वृद्धिदर अपेक्षाभन्दा धेरै उच्च रहेको बताएको छ। यसको पछाडि चिनियाँ विदेशी व्यापार कम्पनीहरूको लचिलो व्यवहार छ। चीनको वैदेशिक व्यापारको तीव्र वृद्धिले विश्व व्यापार र आर्थिक पुनरुत्थानको लागि बलियो वृद्धि भएको छ।

तथ्यहरूले प्रमाणित गरेको छ कि चीनको आर्थिक पुनरुत्थानलाई समर्थन गर्ने कारकहरू झन् झन् बढी छन्। अहिले पनि धेरै बाह्य अस्थिरता र अनिश्चितताहरू छन् र चीनको आर्थिक पुनरुत्थानको जग बलियो बनाउन आवश्यक छ। यद्यपि, विभिन्न बढ्दो अनुकूल कारकहरू र चीनको ठूलो बजारको जीवन्तता र उद्यमहरूको साहससँगै चीनको अर्थतन्त्रले वार्षिक लक्ष्य र कार्यहरू पूरा गर्ने क्षमता छ जसले विश्व अर्थव्यवस्थालाई न्यानोपन पनि ल्याउँछ।

Share this story on

Messenger Pinterest LinkedIn