आगामी ६० वर्ष चीन र फ्रान्सको सम्बन्ध निरन्तर अग्रगामी हुने
वर्तमान केही ठूलो मुलुकले प्रभूत्व स्थानको रक्षा गर्न विरोधी शिविर बनाउँदैछ। अन्तर्राष्ट्रिय जगतलाई विश्वमा नयाँ शित युद्ध हुने चिन्ता लागेको छ। यस्तो पृष्ठभूमिमा चीन र फ्रान्सले कसरी आदानप्रदान र ठूलो मुलुकको जिम्मेवार वहन गर्ने?
भिडियो सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो-चीन र फ्रान्सले दृढताका साथ द्वीपक्षीय सम्बन्धको विकास गर्नुपर्छ, साँस्कृतिक आदानप्रदानको विस्तार गरेर जनताको मन जोड्नुपर्छ, समान तथा क्रमशः विश्व बहुध्रुवीयता र साझा फाइदाजनक तथा सहिष्णु आर्थिक विश्वव्यावीकरणको पहल गर्नुपर्छ र आपसी हितकर र साझा विजयी हुनुपर्छ। यी चार प्रस्ताव दुई देशलाई घनिष्ट पार्न र साझा रूपमा अझ ठूलो जिम्मेवार वहन गर्नका लागि महत्वपूर्ण सूत्र हुन्। जसले आगामी ६० वर्ष चीन र फ्रान्सको सम्बन्धको विकासका लागि दिशा निर्देशन गरेको छ।