नेपाली

आगामी ६० वर्ष चीन र फ्रान्सको सम्बन्ध निरन्तर अग्रगामी हुने

criPublished: 2024-01-26 20:07:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी २५ तारिख आयोजित चीन-फ्रान्स दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवको स्वागत समारोहमा चीन र फ्रान्सका राष्ट्रनायकले भिडियो सन्देश दिनुभएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उक्त भिडियो सन्तदेशमा भन्नुभयोः चीन र फ्रान्सको सम्बन्धको विशेष इतिहासले स्वतन्त्र हुने, आपसी बुझ्ने, उच्चतर्फबाट दीर्घकालको अवलोकन गर्ने र आपसी हितकर तथा साझा विजयी हुने “चीन-फ्रान्स भावना”को निर्माण गरेको छ। उहाँले सहयोगलाई गहन पार्न चार प्रस्ताव प्रस्तुत गर्नुभएको छ। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले संयुक्त रूपमा दुई देशका जनताका आवश्यकता पूरा गर्ने र विश्व शान्ति तथा स्थायित्वका लागि अनुकूल हुने साझेदारी सम्बन्धको निर्माण दुवैको दायित्व रहेको कुरा प्रकट गर्नुभएको छ। जसबाट हेर्दा सहयोगलाई अघि बढाउँदै जाने क्षेत्रमा दुई देशका राष्ट्रनायकको सहमति देखिएको छ।

चीन र पश्चिमाको आदानप्रदानमा फ्रान्सको भूमिका फरक छ। फ्रान्स चीनसँग दौत्य सम्बन्ध स्थापना भएको पहिलो ठूलो पश्चिमा मुलुक हो र चीनसँग चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना गर्ने र रणनीति वार्ता गर्ने पहिलो ठूलो पश्चिमा मुलुक हो। चीन र फ्रान्सबीच दौत्य सम्बन्धको स्थापनाले चीन-पश्चिमा आदानप्रदान तथा सहकार्यको ढोका खुल्नुका साथै शित युद्धमा रहेको विश्वलाई आशा ल्याएको थियो। यो अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना हो।

६० वर्षमा चीन र फ्रान्सको सम्बन्धले समग्र रूपमा स्थिरता कायम राखेको छ। विश्लेषणका अनुसार “चीन-फ्रान्स भावना” दुई देशको सम्बन्धको भूत, वर्तमान र भविष्यबारे बुझ्ने “सुनौलो कुञ्जी” हो। त्यसमध्ये स्वतन्त्रता चीन र फ्रान्स दुई राष्ट्रको साझा भावना हो। जसरी दुई देशको सम्बन्धले अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तनमा सहकार्यमाथि लक्षित गरेर मतभेदको राम्ररी सामना गर्नसक्छ।

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn