वसन्त चाडका लागि तयार सामानबाट चिनियाँ अर्थतन्त्रको नयाँ प्रवृत्तिको विश्लेषण
जब खुर्सानीको ३६-७५ डिग्रीसम्मको डिग्री हुन्छ, तपाईं कुनकुन रोज्नुहुन्छ र? अलिकति पिरो, मसालेदार पिरो, मध्यम खाले पिरो, टर्रो पिरो र अति विकृत पिरो, तपाईं कुन खालको पिरो रुचाउनुहुन्छ? २० हजार हेक्टर क्षेत्रफल ढाकिने रोपाइँमा निर्भर गर्दै, शान्तोङ प्रान्तीय उ छङले बजार विभाजन र खपत उन्नयनको नयाँ आवश्यकताहरू पूरा गर्नका लागि खुर्सानीका विभिन्न "डिग्री" आधारित खुर्सानी ससका नयाँ उत्पादनहरू विकास गरेको छ।
एकातिर, कृषि र ग्रामीण क्षेत्रको अगुवाईमा अग्रणी उद्योगहरू अघि बढिरहेका छन् भने अर्कातिर, शहरी उपभोगको उन्नयनसँग जोडिएको छ। चीनका विभिन्न ठाँउहरूमा "एक गाउँ एक उत्पादन" र "एक जिल्ला, एक उद्योग" भन्ने विचारलाई व्यवहारमा उतारिँदै स्थानीय विशेषतायुक्त उत्पादनहरूको विकास तथा विस्तार भइरहेका छन्। जसले ग्रामीण पुनरुत्थानमा नयाँ शक्ति थपिरहेको देखिन्छ।
चिनियाँ नयाँ वर्षलाई स्वागत गर्दै चिनियाँहरू नयाँ वर्षको तयारीमा व्यस्त छन्। "नयाँ वर्षको स्वाद" बढ्दा बढ्दै नयाँ अनुभव पनि थपिरहेको छ।