नेपाली

वसन्त चाडका लागि तयार सामानबाट चिनियाँ अर्थतन्त्रको नयाँ प्रवृत्तिको विश्लेषण

criPublished: 2024-01-26 15:46:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड मनाउने तयारी गरिरहेको छ चीन यतिबेला। चीनका विभिन्न क्षेत्रमा वसन्त चाडका लागि बजार मेलाको आयोजना हुँदैछन्। क्रैनबेरी, कैवियर, फोई ग्रास...चिनियाँ उपभोक्तालाई अपरिचित यी विषेशतायुक्त सामानहरूले चिनियाँहरूलाई अचम्म मानेका छन्।

हैलुङच्यङ प्रान्तबाट उत्पादित क्रैनबेरी, सछ्वान प्रान्तीय याआन क्षेत्रबाट उत्पादित कैवियर, युननान प्रान्तको दिनछाङ क्षेत्रबाट उत्पादित काष्ठफल... यसै हिउँद ऋतु चीनका विभिन्न क्षेत्रले छुट्टा-छुट्टै रूपमा “अपरिचित” विशेषतायुक्त उत्पादनहरू प्रकाशित गरेका छन्। झन् झन् बढी “अपरिचित उत्पादन”बाट चिनियाँ परम्परागत कृषि उत्पादन ढाँचाको नयाँ विकास देखिइएको छ।

कैवियरलाई उदाहरणका लागि खानपान रीतिरिवाजबाट हेर्दा अधिकाँश चिनियाँ उपभोक्तासँग कैवियर खाने चलन छैन। त्यसैले स छ्वान प्रान्तमा उत्पादित कैवियर पनि मुख्यतः युरोप तथा उत्तर अमेरिकाका लागि निर्यात गर्नका लागि हो। चिनियाँ विज्ञान एकडेमीअन्तर्गत ग्रामीण क्षेत्रको विकास अनुसन्धान ब्युरोका अनुसन्धानकर्ता हु पिङछ्वानले यसरी जानकारी दिनुभयो, केही वर्षयता उपभोग ढाँचाको परिवर्तन हुनुका साथै यी आला कृषि उत्पादनहरू इ-वाणिज्य र नयाँ सामाजिक सञ्जालमार्फत् चिनियाँ बजारको विस्तार गरिरहेका छन्। विदेशमा लोकप्रिय हुनुका साथै स्वदेशमा पनि लोकप्रिय हुने प्रवृत्ति अझ स्पष्ट देखिएको छ। विशेषज्ञको विश्लेषणअनुसार, यी “अपरिचित उत्पादनहरू” क्रमशः लोकप्रिय बन्ने कारण केही वर्षयता खाद्यन्नको उपभोग ढाँचाको परिवर्तन हो। जसपछाडि चिनियाँ बजारको मागको अपग्रेड-परिवर्तन र ठूलो निहित शक्ति हो।

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn