नेपाली

काठमाण्डौँ वसन्त महोत्सव गाला सांस्कृतिक पर्व हो साथै चीन-नेपाल मित्रताको नयाँ सुरूवात पनि हो

criPublished: 2024-01-18 10:44:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका लागि चीनका राजदूत छन सुङले चिनियाँ वसन्त महोत्सवका तत्व र नेपाल मिलेर हिमालयको सबैभन्दा सुन्दर गेसाङ फूल पक्कै निस्कने विश्वास आफूले लिएको व्यक्त गर्नुभयो। नेपालका प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन छिमेकी र जोडिएको मात्र नभइ संस्कृति पनि मिलेको भन्दै दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको र सबैभन्दा असल उदाहरण नै दुई देशले आ-आफ्नो परम्परागत नव वर्ष मनाएको कुरा बताउनुभयो। हजुर, चीन र नेपालबीचको मित्रता यति मात्र होइन। वास्तवमा पाँचौँ शताब्दी र सातौँ शताब्दीमा चीनका प्रख्यात भिक्षु फास्येन र स्युएनचाङले एकपछि अर्को गरी धर्म खोज्न शाक्यमुनि बुद्धको जन्मथलो लुम्बिनी पुगेका थिए। पाँचौँ शताब्दीको सुरूमा नेपालका वरिष्ठ बुद्धभद्रले चीनमा २० वर्षसम्म धर्मग्रन्थ अनुवाद र धर्म प्रचार गरेका थिए। १३औँ शताब्दीमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले ४० वर्षसम्म चीनमा बसेर पैचिङमा श्वेत प्यागोडा मन्दिरलगायत कैयौँ ठूला मन्दिरको निर्माण गरेका थिए। हजार वर्षभन्दा लामो समयसम्मको आवत-जावत र आदान-प्रदानबाट दुई देशका सभ्यताको समृद्धि र विकासलाई बढाइएको छ। हजार वर्षको मित्रता बोकेको चीन-नेपाल सम्बन्धले नयाँ सुरूवातमा बसेर बेल्ट एन्ड रोडको आधारमा चीन-नेपाल भाग्य समुदायको रचना गर्न अघि सर्नेछ।

नेपाल–चीन मित्रता सदा रहिरहने शीर्षकीय सामूहिक गायनसँग गाला सम्पन्न भएको थियो। जुन वसन्त महोत्सव श्रृंखला कार्यक्रमको प्रस्तावना मात्र हो यसपछि चिनियाँ लालटिन प्रदर्शन, ड्रयागन र सिँह नाचगान, चीन-नेपाल मित्रता फुटबल प्रतियोगिता, वसन्त महोत्सव मेलालगायत विविध कार्यक्रम एकपछि अर्को गरी प्रदर्शन गरिनेछ जसबाट काठमाण्डौँमा चिनियाँ नव वर्ष मनाउन अझ रामाइलो हुनेछ साथै चीन-नेपाल मित्रता पनि अझ घनिष्ठ हुनेछ। नेपालका प्रधानमन्त्री प्रचण्डले भन्नुभए झैँ यसै वसन्त महोत्सव मनाउने कार्यक्रमबाट नेपाल र चीनबीचको घनिष्ठ सम्बन्ध प्रतिबिम्बित भएको छ साथै दुई देशबीच जैविक सिम्बायोटिक अन्तरक्रियालाई बढाउन मद्दत पुग्नेछ। भविष्यमा नेपाल र चीनबीचको सम्बन्ध अझ घनिष्ठ हुनेमा विश्वस्त रहेको प्रचण्डले बताउनुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn