नेपाली

काठमाण्डौँ वसन्त महोत्सव गाला सांस्कृतिक पर्व हो साथै चीन-नेपाल मित्रताको नयाँ सुरूवात पनि हो

criPublished: 2024-01-18 10:44:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ चीनको परम्परागत वसन्त चाडलाई विश्वको चाडको रूपमा समावेश गरिएपछिको पहिलो वर्ष हो। सबैको अपेक्षा अनुरूप नेपालले पनि चिनियाँ ड्र्यागन वर्ष मनाउन अग्रता लिएको छ। जनवरी १४ तारिख बेलुका नेपालका लागि चिनियाँ राजदूताबासले काठमाण्डौँस्थित याक एन्ड यती होटेलमा सन् २०२४ वसन्त महोत्सव गाला एवम सम्बद्ध श्रृंखला कार्यक्रमको उद्घाटन समारोहको आयोजना गरेको थियो। नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलगायत नेपालका राजनीतिज्ञहरू, राजनीतिक दलका नेतागण, विभिन्न वर्ग र क्षेत्रका मित्रहरू, नेपालका लागि विदेशी राजदूतहरू, नेपालमा प्रबासी चिनियाँहरू समेत ७०० भन्दा बढी व्यक्तिहरूले भेला भएर वसन्त महोत्सव मनाएका छन्।

सो अवसरमा युननान प्रान्तीय गीत र नृत्य थिएटर, प्रान्तीय एक्रोबेटिक समूह, नेपाल मञ्जरी म्युजिक एकेडेमीको नाचगान कार्यक्रमले मन हरेको छ। चीनको हानि जाति, तिब्बती जाति, ताइ जाति, लिसु जातिलगायत जातीय नाचगान र नेपाली नाचगान कार्यक्रम तथा “रेशम फेरिरि”, “चौतारीको छेऊमा पिपलुको छायाँ”, जस्ता लोकप्रिय गीत र “नेपालको नृत्य” एक अर्काको पूरक बनेको छ भने इन्स्ट्रुमेन्टल सङ्गीत, एक्रोब्याटिक्स र अन्य अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शनले सबैको मन जितेको छ। लगभग ४ घण्टासम्म चलेको गालामा दर्शकसामु चीन र नेपालको सांस्कृतिक पर्व प्रदर्शन गरिएको थियो। यसबाहेक तत्स्थानमा सांस्कृतिक बुथ राखेर चिनियाँ र नेपाली संस्कृति तथा चालचलन प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री प्रचण्डले तत्स्थान बधाई सन्देश लेखेर चिनियाँ परम्परागत बाजा प्रदर्शनको उच्च प्रशंसा पनि गर्नुभएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn