नेपाली

#समाचार सदर्भ# पुस्तकको माध्यमबाट जोडिँदै जनताको मन

criPublished: 2023-11-24 15:49:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन र नेपालले साँस्कृतिक आदानप्रदानमाथि सधैं महत्व दिंदैआएका छन्। गत शताब्दीको ६०को दशकदेखि तत्काल चीनमा कार्यरत् नेपाली साहित्यकार सत्यमोहन जोशीले “अर्निकोको श्वेत चैत्य” नामक पुस्तक लेख्नुभयो। जसबाट चीन र नेपालको मित्रताको दूत अर्निकोको कथा दुई देशमा फैलिएको छ। नयाँ युगमा नेपाली देवकोटा-लुसुन अध्ययनले दुई देशका नयाँ साहित्यका स्थापकहरूको लेख अनुवादमा प्रयास गर्दैआएको छ। जसबाट नेपाली पाठकहरूले लु सुनको भावना बुझेका छन्। नेपाली भाषाको “कन्फ्युसियसको जन्मथलो-शान तुङ”लगायत बहुभाषिक पुस्तकहरू प्रकाशित भए। नेपाली कविता देवकोटाको “मुना र मदन”मार्फत् चिनियाँ पाठकले नेपालको अवस्था र सामाजिक सुधारप्रति कवि देवकोटाको आशाबारे जानकारी पाएका छन्। यस्तो आदानप्रदानमार्फत् नेपालीहरूले चीन राष्ट्रको भावना बुझ्नुका साथै चिनियाँहरूले पनि सामाजिक प्रगति तथा राष्ट्रिय समृद्धिप्रति नेपालीहरूको माग सुन्नसकेका छन्।

उक्त पुस्तक प्रदर्शनीमा नेपालका लागि चिनियाँ राजदूत छन सुङले भन्नुभए झैं पुस्तक प्रदर्शनी चीन र नेपालको सँस्कृति तथा प्रकाशन आदान-प्रदानको नवीकरण गर्ने र सबैभन्दा अगाडि हिँडेको क्षेत्र बनेको छ। पुस्तक प्रदर्शनी एक शुरूवात हो। चीन र नेपाल यी दुबै मुलुकले क्लासिक पुस्तकहरू पारस्परिक रुपमा अनुवाद र प्रकाशन गर्नुका साथै पुस्तकले माध्यमको रुपमा चीन र नेपालका जनताहरूका लागि पारस्परिक रुपमा जानकारी लिने पुल खडा गर्ने र दुई मुलुकको सभ्यताको मिश्रण र पारस्परिक आदान-प्रदान बढाउने छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn