नेपाली

#समाचार सदर्भ# पुस्तकको माध्यमबाट जोडिँदै जनताको मन

criPublished: 2023-11-24 15:49:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल दक्षिण एशियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी काठमाडौंमा सुरू भएको छ। यो पुस्तक प्रदर्शनीको मुख्य विषयवस्तु “एशियाली सँस्कृति र साहित्यको आकर्षण अन्वेषण” भन्ने रहेको छ। प्रदर्शनमा चिनियाँ क्षेत्र, नेपाली क्षेत्र र अरू देशहरूको क्षेत्र लगायत तीन भाग छन्। यो पुस्तक प्रदर्शनीको आयोजक चाइना इन्टरनेसनल बुक ट्रेडिङ ग्रुप कं, लिमिटेडको निमन्त्रणामा चीनका करिब ३० प्रकाशक र थिंक ट्यांकहरू र नेपाल, भारत, पाकिस्तान, बंग्लादेश, श्रीलंकालगायत दक्षिण एशियाली देश र वरिपरिका देशका करिब १२० प्रकाशकले उक्त प्रदर्शनीमा भाग लिएका छन्।

पुस्तकले चिनियाँ र नेपाली मनको आदानप्रदान गर्नका लागि झ्याल खोलेको छ। पुस्तकले दुई सभ्यतालाई आपसी सिकाइमा नयाँ उपलब्धि हासिल गराएको छ।

वास्तवमा यो पुस्तक प्रदर्शनी चीन र नेपालबीच सँस्कृति तथा सभ्यताको आदानप्रदान तथा आपसी सिकाइ नयाँ चरणमा प्रवेश गर्ने पुष्टि हो। गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमणमा गर्दा चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग “जन गणतन्त्र चीनको राष्ट्रिय प्रेस तथा प्रकाशन प्रशासन र नेपाल सरकारी सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच क्लासिक्स लेखको आपसी अनुवाद तथा प्रकाशनबारे स्मृति”को हस्ताक्षरमा भाग लिनुभएको थियो। प्रकाशनको आदानप्रदान नागरिकबाट सरकारसम्म माथि उकासिएको छ। यो चीन र नेपालबीच साँस्कृतिक आदानप्रदान क्रमशः गहिरो पारिएको प्रमाण हो। जसले दुई देशबीच सँस्कृति तथा सभ्यताको आदानप्रदान तथा आपसी सिकाइको नयाँ चरण सुरू गरेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn