'नयाँ र पुराना मित्रहरू' निर्यात एक्स्पोमा चीनको विकासका अवसरहरू समाप्तै
सीआईआईईमा सहभागी भएका नेपाली व्यापारी दवाडीजस्ता पहिलो पटक आएको मात्र नभई, धेरै पटक गरी भाग लिएका उत्साहित नेपाली व्यापारीहरू पनि छन्।
यस पटक भाग लिएका नेपाली प्रदर्शकहरूमध्येका एक फ्रान्कले लगातार चार वर्षसम्म एक्स्पोमा भाग लिँदै आएका छन्। एक्स्पोमा भाग लिएपछि उनी चीनमा आफ्नो जरा गाड्न थाले। आफ्नो पहिलो प्रदर्शनीपछि उनले व्यापार बन्दरगाहमा नेपाल निर्यात पेभिलियन खोले। प्रदर्शनीबाट राम्रो प्रतिक्रिया पाएकोले फ्रान्कको प्रदर्शनी क्षेत्रले ओगटेको क्षेत्रफल पहिलो वर्षको ९ वर्ग मिटरबाट यस वर्षको ५४ वर्ग मिटरसम्म विस्तार गरिएको छ। एक्स्पोमा भाग लिने, व्यापार बन्दरगाहमा पसल चलाउने, वर्षभरि चीनमा बस्ने गरेका फ्रान्कको वीच्याटमा ७,००० भन्दा बढी चिनियाँ मित्रहरू थपिसकेका छन् ... तर यी परिवर्तनहरू सीआईआईईबाट फ्रान्कको व्यक्तिगत जीवनमा ल्याइएको मात्र होइन र हिमालयको दक्षिणी फेदीमा रहेको उनको जन्मथलो नेपालमा बसोबास गर्नेहरूको जीवनमा पनि परिवर्तन भइरहेको देखिन्छ। यसबारे जानकारी दिँदै फ्रान्कले यसरी भने 'सीआईआईईले हामीलाई कति धेरै परिवर्तन ल्याएको रहेछ, सीआईआईईमा भाग लिएपछि नेपालमा रहेको हाम्रो कारखानामा कार्यरत मानिसको संख्या १२ बाट ५० जनाभन्दा बढीसम्म पुगेको छ। उनीहरूको तलब पनि दुई/तीन गुणाले बढी भएको छ।"
पहिलो सीआईआईईदेखि यता, फ्रान्कले पसल खोलेको ग्लोबल कमोडिटी ट्रेड पोर्टमा ७६ देशहरू र क्षेत्रका १८० उद्यमहरू र संगठनहरूलाई आकर्षित गरिएको छ। फ्रान्क जस्ता बढी भन्दा बढी प्रदर्शकहरूले यहाँ रहेर लगानीकर्ता बनिरहेका छन् र प्रदर्शित वस्तुहरूलाई सामानको रूपमा परिणत गरिएको छ। उनीहरूले सीआईआईईमार्फत चीनको विकासका अवसरहरू बाँडिरहेका छन्।
विगत छ वर्षमा, मानिसहरूले एक्सपोको "परिवर्तन" र "अपरिवर्तित क्षणहरू" प्रमाणित गरेका छन्। उत्साह उस्तै रहिरहेको छ, निरन्तर विस्तारित "साथीहरूको सर्कल" भन्ने परिवर्तन हो; प्रदर्शित सामानहरू उस्तै राम्रा छन् तर व्यापार प्रबद्धर्नको लागि गरिने अन्वेषण बढ्दै गइरहेको भन्ने परिवर्तन हो; प्रदर्शित स्थान उही छ, तर विकीरण क्षेत्र व्यापक बन्दै भइरहेको भन्ने परिवर्तन हो; रणनीति उही रहन्छ, प्राविधिक नवीनताको निरन्तर अन्वेषण गहिरो बन्दै गइरहेको भन्ने परिवर्तन हो।
विश्वमा पहिलो राष्ट्रिय-स्तरको आयात एक्स्पोको रूपमा, सीआईआईई एक "सुनौलो साइनबोर्ड" बनिसकेको छ जुन चीन र अन्य देशहरूको लागि संयुक्त रूपमा नवीनता र विकासको क्षमताको निहित शक्ति थप्ने उच्च गुणस्तरिय प्लेटफर्म बनेको छ। प्रत्येक वर्ष निर्धारित रूपमा आउने सीआईआईईले विश्वव्यापी आर्थिक पुनरुत्थानमा निरन्तर न्यानोपन थपिरहेको छ। नयाँ र पुराना मित्रहरू भेला भई खुलापन, पारस्परिक लाभ र जीत-जीत परिणामहरूको नयाँ पाना खोलिरहेका छन्।