नेपाली

'नयाँ र पुराना मित्रहरू' निर्यात एक्स्पोमा चीनको विकासका अवसरहरू समाप्तै

criPublished: 2023-11-09 16:25:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छैटौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो (सीआईआईई) नोभेम्बर ५ देखि १० तारिख शाङहाईमा आयोजना भइरहेको छ। विश्वका १५४ देशहरू, क्षेत्रहरू र अन्तर्राष्ट्रिय संगठनहरूबाट गएका अतिथिहरूले शाङहाईमा सीआईआईईमा भेला भएर विश्वमा फर्च्यून ५०० कम्पनीहरू, उद्योग अग्रणी उद्यमहरू र भाग लिएका नवीन साना र मझौला उद्यमहरूको कूल संख्या पहिलेका एक्स्पोको इतिहासमा नयाँ रेकर्ड सिर्जना गरिएको छ।

सन् २०१८ मा पहिलो सीआईआईई आयोजित भएयताका ६ वर्षमा, सामानको आयातमा केन्द्रित विश्वको पहिलो राष्ट्रिय प्रदर्शनीको रूपमा, सीआईआईई नै चीनले नयाँ विकास मूल स्थिति स्थापना गर्ने झ्याल, उच्च-स्तरीय खुलापनलाई अघि बढाउने प्लेटफर्म र विश्वसँग मौका बाँड्ने अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनेको छ। ६ पटक गरी आयोजना हुँदै आएको सीआईआईईको 'मित्र सर्कल’ ठूलो हुँदै गइरहेको छ र उनीहरूले एक्स्पोको ठूलो मञ्चमा विकासका अवसरहरू बाँडिरहेका छन्।

यस पटकको एक्स्पोमा सहभागी नेपाली प्रदर्शक अर्जुन दवाडीले एक्स्पोमा भाग लिएको यो पहिलो पटक हो। उनले नेपाली हस्तकलाका वस्तुहरू ल्याएका छन्। प्रदर्शनीमा भाग लिएको आफ्नो अनुभवबारे चर्चा गर्दै अर्जुनले यसरी भनेका छनः 'हामीले इन्टरनेट, टिभी र पत्रपत्रिकाबाट सीआईआईईको बारेमा थाहा पाएका हौं। बल्ल यस वर्ष हामीले सीआईआईईमा भाग लिने अवसर पायौं। विश्वका विभिन्न देशबाट प्रतिनिधिहरू सीआईआईईमा आएका छन् र यो हाम्रो लागि एउटा राम्रो अवसर हो र राम्रो प्लेटफर्म प्रदान गरिएको छ। भविष्यमा फेरि सीआईआईईमा भाग लिँदै जाने मेरो आशा छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn