नेपाली

फुकुशिमा आणविक दूषित पानी प्रशोधन गर्न वैज्ञानिक उपाय एक मात्र विकल्प

criPublished: 2023-07-06 10:58:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जापानमा बस्ने फ्रान्सेली राष्ट्रिय अनुसन्धान केन्द्रमातहत फुकुशिमा भूकम्पपछि कार्यक्रमका प्रस्तोता डा. सेसिल आसानुमा ब्रिसले बीबीसीलाई अन्तर्वार्ता दिँदै टोकियोले आणविक प्रकोपका सबै निशानहरू मेटाउँदा यसरी नै सो क्षेत्र जापानले आणविक प्रकोपको सामना गर्न सक्ने नमूना क्षेत्र बन्ने विचार लिनुभयो। उक्त लक्ष्यलाई पूरा गर्न जापान सरकारले प्रकोपका सबै निशानहरूलाई छिटै मेटाएको छ तर विशाल भण्डारण ट्याङ्कीबाट सबैलाई ठूलो प्रकोप भएको वास्तविक देखाइरहेको पनि उहाँले बताउनुभयो। उहाँले विश्वका समुद्री वैज्ञानिकहरूले प्रदूषित पानी उत्सर्जनबाट समुद्री जीवन र मत्स्य पालनमाथि प्रभाव परेर निकै चिन्ता लिएका जानकारी गर्नुभयो। उहाँको विचारमा अझ बुद्धिमानी कार्यक्रम के हो भने ट्रिटियमको रेडियोएक्टिविटी स्वाभाविक रूपमा घटेसम्म आणविक प्रदूषित पानीलाई अरू भण्डार गर्छ। आणविका स्टेशन वरिपरि र त्यसबाहिर क्षेत्रमा अझै खाली स्थान छ त्यहाँ नयाँ नयाँ भण्डारण ट्याङ्की रचना गर्न सकिने पनि उहाँले व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय गैर-सरकारी संगठन अर्थात ग्रीनपीसले दोहोर्याएको छ कि आणविक प्रदूषित पानीको प्रशोधनले मानवजाति र पृथ्वीलाई युगौँयुगसम्म गहिरो प्रभाव पार्नेछ साथै जापानी माछाको जीवन र अरू मुलुक सर्वसाधारणको मानवअधिकारसँग पनि घनिष्ठ सम्बन्ध रहेको छ।

१२ वर्षअघि जापानले फुकुशिमा आणविक प्रकोप भएपछि विश्वको सहयोग पाएको थियो तर १२ वर्षपछि जापानले आणविक प्रदूषित जोखिम समस्त मानवजातिलाई फैलाएको छ जुन अन्तर्राष्ट्रिय नैतिक जिम्मेवारी र अन्तर्राष्ट्रिय कानुनी दायित्वका विपरीत छ। जापानले आणविका प्रदूषित पानी समुद्रतिर उत्सर्जन गर्ने योजनाको तत्कालै रोकेर वैज्ञानिक, सुरक्षित, पारदर्शी उपायमार्फत समाधान गर्नसक्ने चीनको आशा छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn