फुकुशिमा आणविक दूषित पानी प्रशोधन गर्न वैज्ञानिक उपाय एक मात्र विकल्प
सन् २०११ को मार्च ११ तारिख जापानमा ९ रेक्टर स्केलको भूकम्प गएको थियो र त्यसले भयङ्खर सुनामी जन्माएको थियो। जसबाट फुकुशिमा पहिलो र दोस्रो आणविक स्टेशनमा अत्यन्त प्रभाव परेको थियो। जापान आणविक सुरक्षा एजेन्सीले उक्त दुर्घटनालाई शीर्ष सातौँ स्तरमा राखेको थियो जुन चेरनोबिल आणविक दुर्घटनाको स्तरसँग बराबर छ।
थाहा भएअनुसार, आणविक पावर प्लान्ट एकाइ विस्फोटन र रेडियोधर्मी सामग्री चुहावट भएसँगै १३ लाख घन मिटरको समुद्री पानी ओभरहिटेड रिएक्टर कोरमा स्प्रे गरी तापक्रम घटाइएको थियो। ती ठूला मात्राको समुद्री पानीमा ६४ किसिमका रेडियोन्यूक्लाइडबाट दूषित भएको छ तीमध्येका केही रेडियोन्यूक्लाइडको अर्ध-जीवन अवधि लामो छ भने क्षय हुन निकै लामो समय लाग्छ। जस्तो भनौँ कार्बन-14 अर्ध-जीवन अवधि ५००० वर्ष लाग्छ। ती रेडियोन्यूक्लाइडले मानवजाति, माछा लगायत विभिन्न जिवको स्वास्थ्यलाई भयंकर धम्की देखाउनेछ। हाल ती प्रदूषित पानी १००० भन्दा बढी स्टेनलेस स्टिल पानी ट्यांकमा स्टोर गरिन्छ। जापानले त्यसलाई पातलो, फिल्टर गरी समुद्रतिर उत्सर्जन गर्ने उल्लेख गरेको छ।
हाल जापानले जबरजस्ती प्रदूषित पानी समुद्रतिर उत्सर्जन गर्ने समय नजिकँदैछ। अन्तर्राष्ट्रिय समूहको नजर पनि गहिरो हुँदैछ र मानिसको चिन्ता पनि बढ्दै आएको छ। आणविक प्रदूषित पानी प्रशोधन भएर हानीरहित हुनुमा जापान अडिग छ। तर जापानीलगायत अन्तर्राष्ट्रिय समूहले उक्त भनाइमाथि व्यापक प्रश्न राखेका छन्। किनभने हानी भयो भने जापानी मत्स्य पालनमा सर्वप्रथम प्रभाव पर्छ। वैज्ञानिक क्षेत्रमा पनि व्यापक चिन्ता देखिन्छ कि उत्सर्जन हुने १३ लाख टनभन्दा बढी प्रदूषित पानी प्रशोधन भए पनि अझ ६४ किसिमका रेडियोन्यूक्लाइड छ जुन माछा, झिंगा र शेलफिस जस्ता जलीय उत्पादनहरूमा संचिप्त हुन्छ।