नेपाली

चीन र मंगोलिया असल छिमेकीद्वारा नयाँ युगमा आधुनिकीकरण निर्माणका प्रर्वद्धक

CRIPublished: 2022-11-29 20:00:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन भ्रमणमा रहनुभएका मंगोलियाका राष्ट्रपति उखनागिइन खुरेलसुहसँग भेटवार्ता गर्नुभएको छ। दुई मुलुकका राष्ट्रनायकहरूले आधुनिकीकरण निर्माणलाई संयुक्त रुपमा अगाडि बढाउन स्वीकार गर्नुका साथै नयाँ युगमा दुई मुलुकको भाग्य समुदायको साझा निर्माणबारे महत्वपूर्ण सहमति हासिल गर्नुभएको छ। दुई मुलुकले संयुक्त वक्तव्य प्रकाशित गरेको कुराले द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश भएको र नयाँ भर्‍यांग चढेको सकारात्मक संकेत प्रसारण गरेको छ।

खुरेलसुह चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनपछि चीनले स्वागत गरेको महत्वपूर्ण छिमेकी मुलुकका राष्ट्रनायक हुनुहुन्छ। उहाँले गत वर्षमा राष्ट्रपतिको बद सम्हाल्नुभएपछि चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। कोरोना भाइरस महामारी भएपछि मंगोलियाले चीनको समर्थन दिनका लागि तीस हजारवटा भेडा प्रदान गरेको थियो। मंगोलियाले पनि चीनले प्रदान गरेको चिया पाएको थियो। मंगोलियामा कोरोना भाइरस महामारी भएपछि चीनले महामारी बिरुद्ध अनुभव बाँडेको र महामारी बिरुद्ध सामग्री प्रदान गरेको थियो। दुई मुलुकले असल छिमेकी, असल मित्र र असल साझेदार देखाएका थिए।

सी चिनफिङले चीनले मंगोलियासँग स्वतन्त्रता, सर्वभौमिकता र भूभागको अक्षुण्णता पारस्परिक रुपमा सम्मान गरेको, आफूले छानेको विकास बाटो सम्मान गरेको, केन्द्रीय हितसित सम्बन्धित र महत्वपूर्ण समस्यामा एक अर्कालाई समर्थन दिएको कुरामा जोड दिनुभयो। खुरेलसुहले मंगोलियाले एक चीनको नीति पालना गर्न दोहोर्‍याउनुभयो। मंगोलियाले चीनले प्रस्तुत गरेको विश्व विकास प्रस्ताव र विश्व सुरक्षा प्रस्तावको समर्थन दिएको कुरा उहाँले पनि बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn