नेपाली

चीन-अमेरिका मानवीय तथा साँस्कृतिक आदान-प्रदानमा अवरोध गर्नु नै म्याककार्थीवादीको फिर्ती

criPublished: 2022-11-25 17:39:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यसअघि अमेरिकाको एउटा कूटनीतिक पत्रिकाले चिनियाँ दक्षता गुम्दाको नतीजा अमेरिकाले भोग्न नसक्ने शीर्षकको लेख प्रकाशित गरी चिनियाँ विद्धार्थीलाई अमेरिकी शैक्षिक तथा अनुसन्धानबाट पूर्ण रूपमा अलग गराउने कुरा व्यवहारिक नभएको भन्ने कुरा उल्लेख गरेको थियो।

हाल अमेरिका जोहन होप्किन्स विश्वविद्यालयको एक प्रतिवेदनका अनुसार, चिनियाँ विद्यार्थी र अनुसन्धनकर्ताले विश्वविद्यालय आय, विज्ञान तथा प्रविधि नवीन सिर्जना, राष्ट्रिय सुरक्षा लगायत कम्तिमा तीन तरिकामार्फत अमेरिकाको प्रतिश्पर्धात्मकतालाई योगदान गर्नेछ। मानवीय आदान-प्रदानले दुई देशका जनतालाई वास्तविक फाइदा ल्याएको छ। एशियाली अमेरिका विद्वान मञ्चले गत सेप्टेम्बर सार्वजनिक गरेको प्रतिवेदन अनुसार, सन् २०२० अमेरिकामा विज्ञान तथा इन्जिनियरिङ क्षेत्रमा पीएचडी गरेका ३४ हजार जनामध्ये १७ प्रतिशत चिनियाँ थिए। केही चिनियाँले स्नातक भएपछि अमेरिकामा रोजगार पाएका छन् भने स्थानीयहरूसँग अमेरिकी विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो समूह बनेका छन्।

दक्षताको अविकासलाई प्रोत्साहन गर्नु इतिहासलाई पछि सार्नु हो। चीनका लागि अमेरिकाका पूर्व राजदूत म्याक्स बौकुस लगायत नामी व्यक्तिहरूले भन्नुभए झैँ चीन-अमेरिका मानवीय आदान-प्रदानमा बाधा गर्नु भनेको म्याककार्थीवादको पुनरागमन हुनु हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn