नेपाली

चीन-अमेरिका मानवीय तथा साँस्कृतिक आदान-प्रदानमा अवरोध गर्नु नै म्याककार्थीवादीको फिर्ती

criPublished: 2022-11-25 17:39:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

न्यूयोर्कका लागि चीनको महा वाणिज्य दूतावासका अनुसार, नोभेम्बर २२ तारिख अमेरिका-चीन सार्वजनिक मामिला समिति र अमेरिका टेबुल टेनिस समितिले न्यूयोर्क नगरको येल क्लबमा चीन-अमेरिका टेबुल टेनिस कूटनीतिको ५०औँ वार्षिकत्सव सम्झना कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ वाणिज्यदूत ह्वाङ फिङले त्यतिखेर चीन र अमेरिका टेबुल टेनिस खेलाडीबीचको मित्रता र इमानदारीले दुई देशबीच आवत-जावतको बरफ तोडेको थियो, दशौँ वर्षयता टेबुलटेनिस कुटनीतिबाट रोपिएको मित्र बिउ विशाल रूखसम्म विकास भइसकेको छ भने दुई देशबीचको मित्रता पनि विस्तारै दुई देशका जनताको मनमा जन्मेको छ। अनि दुई देशबीच सम्बन्धको विकासलाई शक्ति थपेको छ।

नोभेम्बर २४ तारिख चीनको परराष्ट्रमन्त्री माउ निङले चीन-अमेरिका मानवीय तथा साँस्कृतिक आदान-प्रदान निकै महत्वपूर्ण छ भने दुई देशबीच विभिन्न क्षेत्रका मानवीय आवत-जावतलाई प्रोत्साहन गर्नुपर्छ जुन चीन र अमेरिका राष्ट्रानायकबीच बाली टापुको वार्तामा सम्पन्न भएको महत्वपूर्ण सहमति हो भन्ने कुरा व्यक्त गर्नुभयो। मानवीय तथा साँस्कृतिक आदान-प्रदान र लोक आवत-जावतले दुई देश सम्बन्धको विकासलाई अरू सक्रिय शक्ति थप्ने आशा टेबुल टेनिस कुटनीतिमा संलग्न भएका अमेरिकी खेलाडीको ठहर रहेको उहाँले उल्लेख गर्नुभयो।

यो विकास प्रवृत्ति र जनमत अनुकूल रहेको विषय हो। तर केही वर्षयता केही अमेरिकीले चीन र अमेरिकाबीच विज्ञान तथा प्रविधि र मानवीय आदान-प्रदानमा अवरोध गर्न प्रयास गरिरहेका छन्। केही राजनीतिज्ञले वैचारिक पूर्वाग्रह र शीत युद्धको भावना लिएर अलग्याउने अवधारणाका लागि प्रोत्साहन गरिरहेका छन्। स्पष्ट छ कि त्यसबाट अमेरिका स्वयंलाई नै हानी पुर्याइनेछ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn