नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जी-२० को १९औँ शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन

criPublished: 2024-11-20 11:54:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा जी-२० को १९औँ शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन"; var guid = "98bd5875658249b09738870ba5b4114e";

स्थानीय समय अनुसार, नोभेम्बर १७ तारिख अपराह्न, ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा रियो डी जनेरियोमा पुग्नुभएर ब्राजिलको राष्ट्रिय भ्रमणका साथै २० देशका नेताहरूको समूहको १९औँ शिखर सम्मेलनमा सहभागी हुनुभएको छ।

साथै, नोभेम्बर १७ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलको समाचारपत्रमा "विशाल महासागरमा फैलिएको मित्रता उज्ज्वल साझा भविष्यतर्फको यात्रा" शीर्षकमा हस्ताक्षरित लेख पनि सार्वजनिक गर्नुभएको छ।

लेखमा उल्लेख छ, करिब २०० वर्षअघि, चिनियाँ चिया, लिची, मसला र पोर्सिलन सागरपार गरेर ब्राजिलमा आएर दुई देश बीच आर्थिक तथा व्यापारिक आदानप्रदानको पुल निर्माण गरेको थियो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १८ तारिख बिहान ब्राजिलको रियो दि जेनेरियोमा जी २० को १९औँ शिखर सम्मेलनमा उपस्थित हुँदै उहाँले “भोक र गरिबीसँग लड्ने”विषयबारे छलफल गर्दै “साझा विकासको न्यायपूर्ण संसार निर्माण” शीर्षकमा महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले भन्नुभयो: साझा विकासको न्यायपूर्ण संसारको निर्माण गर्न हामीले व्यापार लगानी, विकास सहयोगलगायत क्षेत्रमा स्रोत लगानी बढाउनुका साथै सहयोगलाई प्रवर्द्धन गर्नुपर्छ, दिगो उत्पादन र जीवनशैली अपनाउन र जलवायु परिवर्तनको उचित रूपमा सामना गरी पारिस्थितिक सभ्यता निर्माण गर्न विकासोन्मुख मुलुकलाई समर्थन गर्नुपर्छ, खुला, समावेशी र भेदभावरहित अन्तर्राष्ट्रिय आर्थिक सहयोगको वातावरण सिर्जना गरी उत्तर र दक्षिणबीचको खाडललाई कम गर्नुपर्छ, बहु-पक्षीयवादमा अडिग रहनुपर्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn