शाङहाई शहरको याङपू जिल्लाको ‘लोयाङशु प्रचार समूह’ का लागि चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दिइएको जवाफ
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले शाङहाई शहरको याङपू जिल्लाको ‘लोयाङशु प्रचार समूह’लाई हार्दिक बधाई ज्ञापन गर्दै जवाफी पत्र पठाउनुभएको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले औँल्याउनुभयो: आफ्नो व्यक्तिगत अनुभवमार्फत् जनतालाई इतिहास, चिनियाँ कम्युनिष्ट पार्टीको अभिनवन सिद्धान्त र नयाँ युगमा शाङहाई शहरको सुखद परिवर्तनका बारेमा नागरिकलाई जानकारी दिनु महत्वपूर्ण छ।
उहाँले जोड दिनुभयो, जनताको शहर जनताले निर्माण गरेका छन्, जनताको शहर जनताका लागि हो। मलाई आशा छ कि तपाईँहरूले जीवित कथाहरू निरन्तरताका साथ बताउँदै अधिक जनताहरूलाई जनताको शहर सिद्धान्तको कार्यान्वयनमा गहिरो रूपमा समन्वय र सुन्दर शहर तथा जनताको सुखी जीवनका लागि शहरको निर्माण तथा सुशासनमा भाग लिन प्रेरित गर्नुहुनेछ।
सन् २०१९ नोभेम्बरमा, राष्ट्राध्यक्ष सीले शाङहाईको निरीक्षण भ्रमणमा‘जनताको शहर जनताले निर्माण गरेका छन्, जनताको शहरले जनताका लागि भूमिका खेल्नुपर्छ’ भन्ने सिद्धान्तलाई पहिलो रूपमा व्यक्त गर्नुभएको थियो। त्यसपछि शाङहाई जनताको शहरको निर्माणका लागि धेरै पटक महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। ‘लोयाङशु प्रचार समूह’मा शाङहाई शहरको याङपू जिल्लाका पुराना कार्यकर्ता, पुराना सिपाहीँ, पुराना विज्ञ, पुराना शिक्षक र पुराना आदर्श व्यक्तिहरू समेटिएका छन्। उनीहरूले आममानिसहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीको अभिनवन सिद्धान्तहरू तथा जनताको शहर सिद्धान्त प्रचार गरेका छन्। हालसालै उनीहरूले महासचिव सीलाई पत्र पठाएका थिए जसमा उनीहरूको प्रचारको अवस्था र भविष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यको रूपमा शाङहाई शहर जनताको शहरको निर्माणमा भूमिका खेल्ने जानकारी दिएका थिए।